काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीको स्वास्थ्य परीक्षण गरिएको छ । राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको व्यवस्थापनमा भएको स्वास्थ्य परीक्षणमा विभिन्न पाँच खेलका खेलाडी तथा प्रशिक्षक सहभागी हुनुहुन्थ्यो ।
दोस्रो चरणमा थपिएका पाँच खेलका खेलाडी तथा प्रशिक्षकको पहिलोपटक स्वास्थ्य परीक्षण गरिएको हो । दोस्रो चरणमा थपिएका खेलाडीको विशेष प्रशिक्षण जेठ ७ गतेदेखि सुरु भएको थियो । ७९ जनाको इसिजी तथा ६३ जनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणका लागि त्रिपुरेश्वरस्थित आँखा अस्पतालले सहयोग गरेको थियो ।
दोस्रो चरणमा महिला कबड्डी र भलिबल, कुस्ती, भारोत्तोलन र एथलेटिक्सलाई विशेष प्रशिक्षणमा समावेश गरी खेल संख्या १० पु¥याइएको थियो । पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, बक्सिङ र जुडोका खेलाडी गत माघ १५ गतेदेखि सुरु विशेष प्रशिक्षणमा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच