काठमाडौं । दोलखाका खेलाडी र खेलकुदलाई समेटेर तयार पारिएको पुस्तक ‘दोलखामा खेलकुद’ विमोचन भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री सरस्वती बस्नेतले ‘दोलखामा खेलकुद’ विमोचन गर्नुभएको हो ।
सो अवसरमा सदस्य-सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुदबारे बुझ्न सहज हुने धारणा व्यक्त गर्नुभयो । घिसिङले आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेका र बाँकी दुई पुस्तक प्रकाशको तयारी भइरहेको जानकारी गराउनुभयो
पूर्वमन्त्री बस्नेतले व्यक्तिसँगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गर्नुभयो । लेखक विकास तामाङ मोक्तानले पुस्तक बिक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच