काठमाडौं । दोस्रो संस्करणको डाइमण्ड म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच विभिन्न ३४ विधामा अवार्ड प्रदान गर्दै डाइमण्ड म्युजिक अवार्ड-२०८१ सम्पन्न भएको हो । पूर्वप्रधानमन्त्री झलनाथ खनालको आतिथ्यतामा भएको समारोहमा अग्रज गायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । सिम्रन दुलाल (कुसुम)को अध्यक्षतामा एन.एस.म्युजिक प्रा.लि.द्वारा आयोजित कार्यक्रमको संयोजक नमराज ढुंगाना रहनुभएको थियो ।
कार्यक्रममा आधुनिक संगीतको विधामा संगीतकारको अवार्ड तुल्सीराम विकान्छाले, संगीतकारकै जुरी अवार्ड दीपक शर्माले, गायकको अवार्ड रमेशराज भट्टराईले, गायनमै जुरी अवार्ड गोविन्दमधुर आचार्यले प्राप्त गनुभयो । यस्तै, आधुनिक गायिकाको अवार्ड रचना रिमालले, गायिकाको जुरी अवार्ड प्रतिमा केसीले, नवगायकको अवार्ड आश्रय रञ्जितले, नवगायककै जुरी अवार्ड दीपक बरालले र नवमै पब्लिक च्वाइस अवार्ड सन्तोष राजले हासिल गर्नुभयो । आधुनिक संगीतमै गीतकारको अवार्ड मनोज सिग्देलले र गीतकारतर्फ जुरी अवार्ड माधवराज खरेलले चुम्नुभयो । त्यस्तै विक्रम बुढाथोकीलाई उत्कृष्ट पुरुष मोडल अवार्ड, हीराकाजी सेञ्चुरीलाई मोडलकै जुरी अवार्ड, शिल्पा पोख्रेलले महिला मोडल अवार्ड, सञ्चिता शाहीले महिला मोडलको जुरी अवार्ड प्राप्त गर्नुभयो ।
समारोहमा काँठे लोक तथा दोहोरीतर्फ गीतकारको अवार्ड राजकुमार खनाललाई, गीतकारकै जुरी अवार्ड गोविन्द दुलालले, गायककै पब्लिक च्वाई अवार्ड साजन पराजुलीले, लयतर्फको अवार्ड मोहन खड्काले, लयतर्फ नै जुरी अवार्ड आकृति हुमागाईंले जुरी र पब्लिक च्वाई अवार्ड सावित्री गौतमले हाँसिल गर्नुभयो । यस्तै, काँठे लोक तथा दोहोरीतर्फ गायकको अवार्ड रामकुमार नेपालीले, जुरीको अवार्ड सुदर्शन अधिकारीले, पब्लिक च्वाइस अवार्ड संगम थापाले, नवगायकको अवार्ड बद्री सिटौलाले प्राप्त गर्नुभयो भने नवतर्फ नै जुरी अवार्ड भीमसेन श्रेष्ठले प्राप्त गर्नुभयो । यस्तै यही विधामा गायिकाको अवार्ड प्रतिमा अर्याललाई, पब्लिक च्वाइस अवार्ड कोपीला तामाङलाई, जुरी अवार्ड पार्वती कार्कीलाई, नवगायिकाको अवार्ड लक्ष्मी दर्नाललाई, नव गायिकामै जुरी अवार्ड ललीता भुँजेललाई र पब्लिक च्वाई अवार्ड मिना रायमाझीलाई प्रदान गरिएको थियो । काँठे लोक तथा दोहोरी भिडियोतर्फ पुरुष मोडलको अवार्ड सरोज दाहालले, नृत्यतर्फ पुरुष मोडलको अवार्ड सञ्जीव ठकुरीले, पुरुष मोडलकै जुरी अवार्ड सुमन कालिकोटेले हाँसिल गर्नुभयो ।
काठे दोहोरीमै म्युजिक भिडियो नवमोडलको अवार्ड श्रीजन पण्डीतले र जुरी अवार्ड सुरज श्रेष्ठले हाँसिल प्राप्त गर्नुभयो । यस्तै, आयुष्मा कार्कीले महिला मोडलको अवार्ड, अनु पराजुली महिला मोडलको जुरी अवार्ड, अञ्जु गुरुङले नव महिला मोडल अवार्ड प्राप्त गर्नुभयो भने अमोन रानालाई काँठे लोक दोहोरी निर्देशनको अवार्ड प्रदान गरिएको थियो । अवार्ड समारोहमा यस वर्षको राष्ट्रिय भावको गीतको अवार्ड गायक कुमार पौडेलले, राष्ट्रिय भावकै जुरी अवार्ड गायक शोभाकर भट्टराईले हासिल गर्नुभयो । यस्तै भाषाभाषी चाडपर्व गीततर्फ गायकको अवार्ड भरत भट्टले, गायककै जुरी अवार्ड प्रकाश गौतमले, गायिकाको अवार्ड चीजा तामाङले, राधीका ढकालले गायिकाकै जुरी अवार्ड प्राप्त गर्नुभयो ।
समारोहमा लोक दोहोरी विधामा नवगायिकाको अवार्ड लक्ष्मी खड्काले, म्युजिक भिडियो पुरुष मोडल अवार्ड शिशिर पौडेलले, यसमै महिला मोडलको अवार्ड रिना थापाले, महिला मोडलकै जुरी अवार्ड गरिमा शर्माले र लोक दोहोरी गीत भिडियो निर्देशनको अवार्ड काजिस श्रेष्ठले जित्नुभयो । लोक दोहोरिमै गीतकारको अवार्ड इन्द्र दाहालले, गीतकारकै प्रोत्साहन अवार्ड नवीनबाबु विश्वकर्माले, लोकदोहोरी मै संगीतकारको अवार्ड शान्त शिशिले हासिल गर्नुभयो भने संगीतकारको जुरी अवार्ड उमेश सिंह ठगुन्नाले हाँसिल गर्नुभयो । लोकदोहोरीमै गायकको अवार्ड अर्जुन सापकोटाले, लोकगीत गायकको अवार्ड जगतबहादुर घर्तीले, दोहोरी गीत गायकको जुरी अवार्ड बालकुमार श्रेष्ठले, नवगायकको अवार्ड शंकर ढकालले, लोकदोहोरी गायिकाको अवार्ड मिना लामाले र यही विधामा जुरी अवार्ड सुमित्रा तामाङले प्राप्त गर्नुभयो ।
कार्यक्रममा जितसागर रावतले प्रत्यक्ष दोहोरी गायकको अवार्ड, इप्सल सञ्जेलले प्रत्यक्ष लोक दोहोरी गायिकाको अवार्ड हासिल गर्नुभयो भने दीपक विष्टलाई म्युजिक भिडियो सम्पादनको अवार्ड, कुमार रानालाई गीत ध्वनि सम्पादनको अवार्ड, कुमारसानु पुनलाई ध्वानि मिश्रणको जुरी अवार्ड, जीवन बडुलाई संगीत संयोजनको अवार्ड, नारायण ढुंगालले काँठे लोक दोहोरी गीतसंगीत संयोजनको अवार्ड र रक कौशलले छायांकारको अवार्ड प्रदान गरिएको थियो । सो अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
अग्रज गायक तथा निर्देशक नारायण रायमाझी, क्याप्टेन तथा अभिनेता विजय लामा, अभिनेत्री सरिता लामिछाने, गायक शिवनारायण जोशी, गायिका तीर्थकुमारी थापा, गायकहरू हरिबहादुर राउत, घमेश दुलाल, चन्द्र शर्मा, गायिका इन्दिरा गोले गुरुङ, हाँस्यकलाकार किरण केसी, पत्रकारहरू बिदुर गिरी, प्रकाश सुवेदी, विश्वमणि सुवेदी, अभिनेताहरू धीरेन शाक्य, विराज भट्ट, पल साह, सागर लम्साल, सञ्चारकर्मीहरू चन्द्रमणि गौतम, कमल सरगम, शरण हुमागाईं र विनिता कुँवर क्षेत्री, मोडल आयुष्मा सिम्खडा, राजकुमार ब्लोनललगायत सम्मानित हुनुभएको थियो ।
अवार्डको निर्णायक प्रमुखमा गायक घमेश दुलाल र निर्णायकमा गायकहरू चन्द्र शर्मा, हेमन्त शिशिर, हिमाल श्रेष्ठ, नवीनकुमार पौडेल, इन्द्र जिसी, संगीतकार नरहरि प्रेमी, चलचित्र निर्देशक देवेन्द्र पाण्डेल, निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक रविता मगर रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच