काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा नयाँ सरकार बन्ने भएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिनुहुने भएको छ ।
सोमबार मध्यरातमा एमाले र कांग्रेसबीच एमाले अध्यक्ष केपीशर्मा ओलीलाई तत्काल प्रधानमन्त्री बनाउने सहमति भएको थियो ।
प्रधानमन्त्री बन्ने भएपछि ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिइसक्नु भएको छ । त्यसैअनुसार तयारीमा मन्त्रीहरू रहेको बताइएको छ। एमालेका एक मन्त्रीले भन्नुभयो, ‘ हामीले एक बजेसम्म राजीनामा दिइसक्ने तयारीमा छौं ।’
स्रोतका अनुसार आज नै नयाँ सरकार बन्ने भएपछि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुहुने छ । प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गरे आज बेलुकासम्ममै नयाँ सरकार बन्ने एमाले नेताहरुको भनाइ छ ।
सोमबार मध्यरातमा भएकोसहमति अनुसार सुरुको ढेड वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ । राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा गरेको एमाले निकट स्रोतले बताएको छ । त्यसपछि कांग्रेसको तर्फबाट प्रधानमन्त्री बन्ने सहमतिमा उल्लेख छ ।
ओली नेतृत्वमा बन्ने नयाँ सरकारमा एमालले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छ । भने कांग्रेसको भागमा गृहसहित १० मन्त्रालय परेको छ ।
सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकार बनाउने छ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ । मधेशमा भने मधेशवादी दललाई नेतृत्व दिने सहमति भएको छ।
एमाले र कांग्रेसले संविधान संशोधन गर्ने समेत सहमति बनेको छ । संविधान संशोधन सुझाव समिति बनाएर अगाडि बढ्ने सहमति भएको हो । सहमतिको औपचारिक पत्र भने नेताहरुले सार्वजनिक गर्नुभएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच