गाजास्ट्रिप । सेनाले पुनः सघन जनसङ्ख्या भएका क्षेत्रहरू खाली गर्न आदेश दिएपछि सयौँ प्यालेस्टिनीलाई भाग्न बाध्य तुल्याउँदै इजरायलले मङ्गलबार दक्षिणी गाजामा ताजा आक्रमण गरेको छ ।
चिकित्सा स्रोत र प्यालेस्टिनी रेड क्रिसेन्टका अनुसार साक्षीहरूले खान युनिस सहर र वरपर धेरै पटक आक्रमण भएको रिपोर्ट गरे, जहाँ आठ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका थिए ।
हमासको साथमा लडेको आतङ्कवादी समूह इस्लामिक जिहादले दावी गरेको दुर्लभ रकेट प्रहारपछि यो बमबारी भएको हो ।
रकेटहरू गाजा सीमानजिकै इजरायली समुदायलाई लक्षित गरिएको तथा इजरायली “अपराधहरू। हाम्रो प्यालेस्टिनी जनताविरुद्ध’’ को बदलामा फायर गरिएको इस्लामिक जिहादको सशस्त्र शाखा अल-कुद्स ब्रिगेडले जनाएको छ ।
इजरायली सेनाले खान युनिसको क्षेत्रबाट पार गर्ने २० वटा प्रोजेक्टाइलहरू पहिचान गरिएको बताएको छ, जसमध्ये अधिकांशलाई रोकिएको छ भने कुनै हताहत भएको छैन ।
सोमबार अल-करारा, बानी सुहेला र रफाह र खान युनिसका अन्य सहरहरू खाली गर्ने आदेश दिइएको थियो । राफाहमा इजरायली भूमि आक्रमण हुनु अघि, दश लाखभन्दा बढी मानिस गाजाको दक्षिणी सहरमा विस्थापित भएका थिए ।
निकासी आदेशपछि डर र चरम चिन्ताले मानिसहरूलाई समातेको बानी सुहैलाका बासिन्दा अहमद नज्जरले बताउनुभएको छ । उहाँका अनुसार त्यहाँ बासिन्दाहरू ठुलो सङ्ख्यामा विस्थापित भएका छन् ।
कठिन लडाइँले-गाजापट्टीका अन्य भागहरू लगभग नौ महिनादेखि जारी लडाइँबाट विनाशकारी द्वन्द्वमा धकेलिएका थिए ।
प्रत्यक्षदर्शी र नागरिक सुरक्षा एजेन्सीले दक्षिणी राफाह क्षेत्र र मध्य नुसिरात शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण भएको रिपोर्ट गरे ।
गाजा सहरको सुजैया जिल्लामा सोमबार पाँचौँ दिन लडाइँ चलेको थियो, साक्षीहरूले भारी इजरायली ट्याङ्क फायर भएको रिपोर्ट गरे ।
एएफपीका एक संवाददाताले इजरायली हेलिकप्टरले सुजैयाका घरहरूमा गोलीबारी गरेको रिपोर्ट गरे, जबकि हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेडले सुजैया र रफामा लडाइँ जारी रहेको बताएको छ ।
इजरायली सेनाले सुजैयामा छापामारीमा सेनाले २० आतङ्कारीलाई मारेको बताएको छ । सेनाले दक्षिणी गाजामा एक सैनिकको मृत्यु भएको घोषणा गर्दै आक्रमणको सङ्ख्या ३१७ पुगेको छ ।
हालै युद्धको “तीव्र चरण’’ समाप्त हुँदै गएको घोषणा गर्ने नेतान्याहूले सेनाहरू गाजापट्टीको जताततै राफाह, सुजैयामा सक्रिय रहेको बताउनुभएको छ । एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच