काठमाडौंं । नेपाललाई मसलाजन्य वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्यसाथ सञ्चालनमा आएको एनडिएच मसला उद्योगले स्वदेशमात्रै नभई आफ्ना उत्पादन विदेशमा समेत निर्यात गर्दै आएको छ । कम्पनीले उत्पादन अमेरिका, युरोप, जापान, अष्ट्रेलियासम्म निर्यात गरिरहेको छ । स्थापनाको छोटो समयमै एनडिएचका उत्पादन राम्रो बजार पाउन सफल भएको कम्पनीका सञ्चालक कमल सिंहले बताउनुभयो । एनडिएच नेपालकै ठूलो मसला उद्योग भएको भन्दै माग भएको खण्डमा दैनिक २० टनसम्म मसला उत्पादन गर्ने क्षमता रहेको पनि उहाँले जानकारी गराउनुभयो । कम्पनीले मिट, चिकेन, सब्जी, छोइला, सेकुवा, बिर्यानी, चाट, मःम, फिस, चाउमिन, थुक्पालगायत एनडिएच ब्राण्डमा ५० भन्दा बढी स्वाद र थरिका मसला उत्पादन हुँदै आएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्यसमेत रहनुभएका सञ्चालक सिंहले मसलाका लागि आवश्यक कच्चा पदार्थ आयात हुने गरेको भए पनि स्वदेशमा उपलब्ध नहुने मसलाजन्य कच्चा पदार्थमात्रै आयात गर्ने गरेको बताउनुभयो । जिराबाहेक मसलाका लागि आवश्यक बेसार, खुर्सानी, अदुवालगायतका कच्चा पदार्थ यहीँको प्रयोग गर्ने गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘एनडिएच मसला गुणस्तरीय छन्, नेपाललाई अब मसलामा आत्मनिर्भर बनाउनुपर्छ भन्ने अभियानमा हामी लागेका छौँ । यस अभियानमा सरकारले पनि साथ दिनुपर्छ ।’ पछिल्लो समय कतिपय भारतीय मसला गुणस्तरहीन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले खुलासा गरेसँगै नेपालमा स्वदेशी मसलाको माग बढ्न थालेको छ । एथलिन अक्साइड नामक क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ ठूलोमात्रामा पाइएको भन्दै सिंगापुर र हङकङले केही महिनाअघि भारतीय कम्पनीहरू ‘एमडिएच’ र ‘एभरेस्ट’ ले उत्पादन गर्दै आएका मसला बिक्रीमा रोक लगाएका थिए भने अमेरिका र युरोपियन युनियन(इयु)ले पनि रोक लगाएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच