काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दाको बहस सकिएको हो।
उक्त मुद्दाको फैसला बिहीवारै दिने तयारी सर्वोेच्चले गरेको छ।
यसअघि मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो।
गृहमन्त्री लामिछानेविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गर्नुभएको थियो ।
सो मुद्दामा अधिवक्ता भट्टराई र सहकारीपीडितका तर्फबाट मंगलबार जवाफी वहस भएको थियो। आज केही अधिवक्ताले जवाफी बहस गर्नुभएको थियो।
लामिछानेको सहकारी ठगी प्रकरणसँग जोडिएको उक्त मुद्दामा केही बेरमा आदेश आउने बताइएको छ ।
गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मीडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै गत जेठ १४ मा रिट दायर भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच