काठमाडौं । धेरै विद्यार्थीको सपना हुन्छ, डाक्टर, इञ्जिनियर, पाइलट बन्ने तर कुन विषय पढ्दा त्यस्तो सपना साकार होला भन्ने विद्यार्थी र अभिभावकमा अन्योलता रहेको हुन्छ । करियर काउन्सिलिङ नपाउँदा अधिकांश विद्यार्थीलाई विषय छनोटमै समस्या हुने गर्छ । के पढ्ने ? पढेपछि के बन्ने ? के कस्ता अवसर हुन्छन् ? विषय छनोट कसरी गर्ने ? भन्ने बारेमा सम्बन्धित विद्यार्थी र अभिभावकलाई थाहा हुनुुपर्छ । तथापि, पछिल्लो समय विश्व बजारमा प्रतिस्पर्धात्मक जनशक्ति कसरी बनाउने भन्ने विषयमा विद्यार्थी र शैक्षिक संस्था जागरुकता बढ्दै गएको छ ।
धेरै विद्यार्थीका लागि एसइईपछि उत्कृष्ट गन्तव्य बन्नसक्छ, ग्लोबल स्कुल अफ साइन्स । किनभने सन् २०१९ मा स्थापना भएको ग्लोबल स्कुल अफ साइन्सले विगत केही वर्षदेखि विज्ञान संकायमा उत्कृष्ट नतिजा पस्किरहेको छ । स्थापनाको छोटो समयमै कलेज मेडिकल, इञ्जिनियरिङ र आइटी क्षेत्रमा अब्बल विद्यार्थी उत्पादन गर्न सफल भएको छ । अत्याधुनिक भौतिक सुविधासम्पन्न कलेजका कक्षा कोठामा स्मार्ट बोर्ड जडान गरिएका छन् । जहाँ शिक्षकले हरेक विषय डिजिटल प्रविधिबाट अध्यापन गराउँछन् । ग्लोबल स्कुल अफ साइन्सले मेडिकल र इञ्जिनियरिङ विद्यार्थी उत्पादन हबका रूपमा विकास गर्ने लक्ष्य लिएकोले सोहीअनुसार कक्षा ११ मा भर्ना भएको दुई महिनादेखि हरेक सोमबार र बिहीबार कलेजभित्रै मेडिकल तथा इञ्जिनियरिङको तयारी कक्षासमेत सञ्चालन हुन्छ ।
भर्नापछि विद्यार्थीको दुईवर्षे पढाइको सम्पूर्ण जिम्मा कलेजले लिन्छ र हालसम्म कलेजमा शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएको कलेजका प्रोग्राम डाइरेक्टर गोकुलदेव बडु बताउनुहुन्छ । उहाँका अनुसार गत वर्ष देशभर विज्ञान संकायमा ४७ जनाले चार जिपिए ल्याएकोमा ग्लोबल कलेज अफ साइन्सबाट मात्रै ६ जना थिए । कलेजले कक्षा ११ मा विद्यार्थी भर्ना भएर नियमित कक्षा सुरु भएपछि हरेक आइतबार अघिल्लो साताभर अध्ययन अध्यापन गरेका विषयको परीक्षा साप्ताहिक रूपमा सञ्चालन गर्छ र हरेक बुधबार त्यसको नतिजा आउँछ । नतिजा उनीहरूका अभिभावकलाई समेत दिइन्छ । यसरी एक महिनासम्म चारपटक नियमित परीक्षापछि विद्यार्थीको शैक्षिक अवस्था कस्तो छ ? पढाएको बुझ्छन् वा बुझ्दैनन् ? पढाइ लेखाइ स्तर कस्तो छ भन्ने जानकारी हुन्छ । कमजोर देखिएका विद्यार्थीलाई अतिरिक्त कक्षाको व्यवस्था कलेजले नै गर्छ । उनीहरूले नियमित कक्षा सुरु हुनुभन्दा अघि बिहानीको समयमा गएर अनिवार्य रूपमा अतिरिक्त कक्षा लिनुपर्छ । यसरी निरन्तरको प्रयासबाट सबै विद्यार्थीको शतप्रतिशत नतिजा आइरहेको बडु बताउनुहुन्छ ।
ग्लोबल स्कुल अफ साइन्स पछिल्लो समय विद्यार्थी मात्रै नभएर शिक्षकको पनि रोजाइको स्कुल बनेको छ । जहाँ ४० जना पूर्णकालीन, ३० जना आंशिक शिक्षक र २० जना कर्मचारी छन् । कलेजको ल्याबमा एकैपटक ४० देखि ४५ जना विद्यार्थीले प्रयोगात्मक सिकाइ क्रियाकलाप (प्राक्टिकल) गर्न पाउँछन् ।
विद्यार्थीले अनिवार्य रूपमा प्रिजेन्टेसन गर्नुपर्छ । जसले विद्यार्थीको लेखनसँगै, वाककला, सीप र भाषागत ज्ञानसमेत बढ्नसक्छ । कलेजले प्रयोगात्मक ज्ञानका लागि प्रिजेन्टेसनसँगै हाइड्रोपावर, रासायनिक क्षेत्रका साथै महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रको भ्रमण गराउने गरेको छ । साथै विभिन्न ‘इन्टरनेशनल एक्सपोजर’ का माध्यमबाट विभिन्न देशको भ्रमणसमेत गराउने गरेको छ ।
छात्रवृत्ति व्यवस्था
ग्लोबल स्कुल अफ साइन्समा कक्षा ११ मा छसय ५० र कक्षा १२ मा छसय ५० गरी एक हजार तीन सय विद्यार्थी क्षमता छ । हाल ६७ वटा स्कूलबाट एसइईमा सर्वोत्कृष्ट नतिजा ल्याएका विद्यार्थीले अध्ययन गरिरहेका छन् । कलेजले लिने लिखित र मौखिक परीक्षाबाट छनोट भएका २५ विद्यार्थीले कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन् । परीक्षामा उत्कृष्ट २५ भित्र पर्नसक्ने विद्यार्थीले दुइ वर्ष कलेजमा पूर्ण छात्रवृत्ति प्राप्त गर्छन् ।