काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीहरूविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
अधिकृत कुसियैतसहित गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जिवछकुमार यादव, कोषाध्यक्ष पूनमकुमारी देवी र सचिव रामउदगार मण्डल भन्ने रामउदगार खतवे मण्डल र वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसिलाल साहविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित बजेटबाट वडा नम्बर २ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म माटो र ग्राभेल निर्माण कार्यमा अनियमितता भएको भन्दै मुद्दा दायर गरिएको हो ।
उनीहरुले झुट्टा बिल भरपाई, नापी किताब, कार्य सम्पन्न प्रतिवेदन तयार गरी १२ लाख ७ हजार २६० रुपैयाँ बढी भुक्तानी दिएको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जनाउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच