गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर -४, रायढुङ्गामा डबलक्याप गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् । मोटरसाइकल चालक रेसुङ्गा नगरपालिका वडा नम्बर - ८ छापटोला बस्ने ४३ वर्षीय देवबहादुर विक घाइते हुनुभएको हो ।
तम्घासबाट धुर्कोटतर्फ जाँदै गरेको लु १३ प ७९५० नम्बरको मोटरसाइकललाई बिपरीत दिशा छल्दिपनाबाट तम्घासतर्फ आउँदै गरेको लु १ च ७३२७ नम्बरको डबलक्याप गाडीले शुक्रबार बिहान करिब १०:२० बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते हुनुभएका विकलाई जिल्ला अस्पताल तम्घासमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो ।
दुवै सवारी साधनको अगाडीको भागमा क्षति भएको छ । दुवै सवारी साधन र डबलक्याप गाडी चालक इस्मा गाउँपालिका वडा नम्बर - ६, चौरासी बस्ने २२ वर्षीय प्रकाश खत्रीलाई नियन्त्रण लिई घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच