पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा न.१४ लुङरुपामा कुटपिटबाट मृत्यु भएको तथा शक्त घाईते बनाएका घटनामा संलग्न ३ जना ब्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।
घटनामा संलग्नलाई फिदिम नगरपालिका वडा न.१२ निवासी ३७ वर्षिय दिनेश मगर,फिदिम नगरपालिका वडा न.१३ निवासी २६ वर्षिय विजय लिम्बु, र फिदिम नगरपालिका वडा न.२८ वर्षिय सुशिल राई रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।
घटनामा संलग्नलाई २४ घण्टा नवित्दै पक्राउ गर्न प्रहरी सफल भएको छ ।
पाँचथरको फिदिम नगरपालिका वडा न.१४ मा मा धामीझाँक्री हेर्न आएका एक जनाको सामूहिक कुटपिटबाट मृत्युभएको थियो । फिदिम नगरपालिका– १४ मा बिहीबार राति ९ः३० बजे धामी झाँक्री हेर्न आएका १४ वडाका ३७ वर्षीय दिनेशकुमार राईको सामूहिक कुटपिटबाट मृत्यु भएको थियो ।
स्थानीय धनकुमार राईको घरमा बिहीबार राति धामी झाँकी नचाउने कार्यक्रम हेर्न आएका युवाहरुबीच कुटाकुट हुँदा घाइते भएका ३७ वर्षीय दिनेशकुमार राईको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको थियो ।
बिहीबार साँझ राति धनकुमारको घरमा चिन्ता बसेको हेर्न आएका दिनेशसहित २८ वर्षीय पर्शुराम राई, २२ वर्षीय ध्रुव राई र २६ वर्षीय पुष्कर विश्वकर्मा समेतलाई त्यहाँ आएका २० जनाको समूहले कुटपिट गरेको थियो । कुटपिट बाट घाईते केहि ब्यक्तिहरुको उपचार भइरहेको छ भने केहि डिस्चार्ज भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच