
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कृषिमा धेरै जनशक्ति रहे पनि कुन गार्हस्थ्य (जिडिपी) उत्पादनमा कृषिको हिस्सा घट्दै गएको बताउनुभएको छ । शुक्रबार नेपाल-चाइना फ्रेण्डसिप फोरमद्वारा काठमाडौंमा आयोजित ट्रान्सफर्मिङ नेपाल्स एग्रिकल्चर विषयक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्री पुनले नेपालको आफ्नै धरातल हेरेर जनशक्ति निर्माण, शिक्षा क्षेत्र, अर्थतन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । कृषिको धेरै सम्भावना रहेको र कृषिमा ठूलो जनसंख्या भएकाले निजी क्षेत्रसँग मिलेर लगानी गर्नुपर्ने उहाँको भनाइ थियो । बर्खा मौसममा कलकत्ता लखनऊमा जलमग्न हुने भएकाले उक्त समयमा नेपालको कृषिजन्य उत्पादन निर्यातको सम्भावना रहेको पनि उहाँले जिकिर गर्नुभयो ।
कृषिलाई आधुनिकीकरण गर्दै व्यवसाय बढाएर आयात प्रतिस्थापन गर्न सकिने भन्दै कृषि दशक सुरु गरिसकेकाले सरकार परिवर्तन भए पनि नीति परिवर्तन गर्न नहुने अर्थमन्त्रीले बताउनुभयो ।
पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले संघ र प्रदेश सरकारले कृषिको बजेट स्थानीय तहलाई नदिएको र पहुँचका आधारमा अनुदान दिने गरेको भन्दै स्थानीय तहलाई बजेट दिएर स्थानीय तहबाटै कृषि अनुदान दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । कृषकलाई मुख्य गरी बाँदर र बँदेलले दुःख दिने गरेको भन्दै बाँदर र बँदेल नियन्त्रण गर्न केन्द्र सरकार र प्रदेश सरकारले सहयोग गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच