पाल्पा । पाल्पामा मेयरसँग बालबालिकाले अन्तक्र्रिया तथा संवाद गरेका छन् । जिल्लाको रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापाले बालबालिकासँग अन्तर्क्रिया गर्नुभएको हो ।
नगर भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुसँग नगर प्रमुख थापाले अन्तक्र्रिया गर्नुभएको छ । बालबालिकाहरुको समस्या पहिचान गर्नुका साथै आवश्यक कार्यक्रम सञ्चालन गर्न र सुझाव संकलन गर्ने उद्देश्यसहित कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रममा सहभागी बालबालिकाहरुले प्रविधिमैत्री शिक्षामा ध्यान दिन नगर प्रमुख थापासँग आग्रह गरेका छन् । उनीहरुले अहिलेको आवश्यकता अनुसार नगर सरकारले प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने बताएका छन् । साथै उनीहरुले बालबालिकाको क्षेत्रमा बजेट विनियोजन तथा योजना निर्माण गर्न समेत नगरप्रमुखको ध्यानाकर्षण गराए ।
भूपू सैनिक राईजिङ्ग इङ्गलिस स्कुलकी मनिषा नेपालीले युग सुहाउँदो प्राविधिक शिक्षाको आवश्यबकता रहेकाले नगर सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाबाट निजी विद्यालयको अनुगमन हुनुपर्ने, कार्यक्रमहरु समय मै हुनुपर्ने सुझाव समेत नगर प्रमुख थापालाई दिनुभएको थियो । सोही स्कुलका सक्षम बस्ताकोटीले विज्ञान प्रविधिको प्रयोग गरी नयाँ सामग्रीको अनुसन्धान र आविष्कारका लागि विद्यार्थीलाई नगरपालिकाले प्रोत्साहनका कार्यक्रम ल्याउनु पर्ने उल्लेख गर्नुभयो ।
दरैठाँटी माविकी विद्यार्थी सृष्टि खनालले अभिभावकविहिन, असहाय बालबालिकाहरुको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सोही विद्यालयकी सुप्रिया पोखरेल, आकृति भण्डारी, निकिता ढकाल र अविशा भट्टराईले लागुपदार्थ दुव्र्यसनी, मोबाईल फोनको दुरुपयोगबाट सचेत गराउन सचेतना कार्यक्रम गर्न नगर प्रमुखलाई आग्रह गरे ।
शहिद बहुमुखी क्याम्पसका रेशम कुमारी नेपालीले समय अनुसार प्रोजेक्टरको माध्यमबाट शिक्षण गर्ने विधि लागु गर्दै जानु पर्ने बताउनुभयो । नगर प्रमुख थापाले बालबालिकाहरुले दिएको सुझावलाई नगर सरकारले आत्मसाथ गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो । उहाँले बालबालिकाहरुले भने जस्तै नगर सरकारले पनि प्रविधिमैत्री शिक्षालाई प्राथमिकतामा राखको बताउनुुभयो । नगर प्रमुख थापाले भन्नुभयो ‘हामी पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षामा प्रतिवद्ध भएर लागेका छौं ।’ असहाय बालबालिकाको संरक्षणका लागि नगरपालिकाले आफ्नोतर्फबाट र अन्य संघ संस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै जाने उहाँले बताउनुभयो । २०७४ पछि जन्मिएका नानीहरुलाई स्नातकोत्तरसम्म नगरपालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने नीति लिएको उल्लेख गर्दै नगर प्रमुख थापाले आर्थिक अभावमा कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुनु नपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमको अवसरमा नगरपालिकाले ३ जना बेसाहारा बालबालिकाहरुलाई बालउद्धार कोषमार्फत २० हजार प्रदान गरेका छ । यस्तै नगर भित्रका २१ वटा सामुदायिक विद्यालय र १ वटा क्याम्पसका १ सय २४ विद्यार्थीलाई मेयर छात्रवृत्ती कार्यक्रममार्फत छात्रवृत्ति समेत नगर सरकारले प्रदान गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच