
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा कार्यरत चन्दा शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आइतबार उनीविरुद्ध विशेष अदालतमा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।
उहाँका अनुसार शाहले भारतको उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद बोर्डबाट हाइस्कूल तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको खुलेको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच