काठमाडौं । रिभाइभ टेबलटेनिस क्लबका विपुल महर्जन र रवि धाक्वाको जोडी पाँचौँ इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
महालक्ष्मीस्थानस्थित रिभाइभ लिजर पार्कमा भएको फाइनलमा विपुल र रविको जोडीले आफ्नै क्लबका कैलाश श्रेष्ठ र प्रवेश बस्नेतको जोडीलाई ९-११, ११-६, ११-६ र १४-१२ को सेटमा पराजित गर्नुभयो । विजेताले ४० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
इन्टरटेन्मेन्ट टेबलटेनिस ग्रुपको आयोजनामा भएको प्रतियोगितामा गोड स्पिन टेबलटेनिस एकेडेमीका सुरज बज्राचार्य र सञ्जय शाक्य तथा स्ट्याग च्याम्पियन्स एकेडेमीका सुमन शाक्य र सुस्मिता खड्काको जोडी तेस्रो हुनुभयो । तेस्रो हुने जोडीले समान १०-१० हजार नगद पुरस्कार पाए ।
सहभागिताका लागि सबैलाई खुला गरिएको प्रतियोगितामा एकमात्र डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । डबल्समा पुरुष/महिला, पुरुष/पुरुष र महिला/महिला खेलाडीको जोडी मिलेर खेल्न पाउने प्रावधान थियो । जम्मा १२८ खेलाडी सहभागी थिए ।
उत्कृष्ट खेलाडीको उपाधि भने पुरुष/महिलामा छुट्टाछुट्टै प्रदान गरिएको थियो । पुरुषमा रिभाइभका एलेक्स महर्जन तथा महिलामा राष्ट्रिय च्याम्पियन स्ट्याग च्याम्पियन्स एकेडेमीकी नविता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । दुवैले जनही १० हजार नगद पुरस्कार जित्नुभयो ।
विजेतालाई बागमती प्रदेशका सांसद मिनकृष्ण महर्जन, साग स्वर्णधारी टेबलटेनिसका सिजरिन शाह र गीता शाह, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवाले, आयोजक ग्रुपका अध्यक्ष सुमन खड्गी, जिओम टेबलटेनिस नेपालका निर्देशक ज्याकी महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । समापनका अवसरमा जिओमले सहभागी १२८ खेलाडीमध्ये सातजनालाई ‘लक्की ड्र’ मार्फत् ५० हजार रुपैयाँ बराबरको रबर र बल प्रदान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच