हरारे । पाँच टी-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको ११६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १०२ रनमा समेटियो ।
भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाउनुभयो । गस्ती वाशिंटन सुन्दरले २७ र आभेस खानले १६ रन जोड्नुभयोे । अन्य ब्याटरले भने दोहोरो अंक छुन सकेनन् । जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजा र टेन्डाई चटाराले समान ३ विकेट लिनुभयो । ब्रायन बेनेट, वेलिङटन मसाकाड्जा, ब्लेसिङ मुजराबानी र लुक जोङवेले समान १ विकेट लिनुभयो ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीमा जिम्बाब्वेले २० ओभरमा ९ विकेटको क्षतिमा ११५ रन बनाएको थियो । जिम्बाब्वेका लागि क्लाइभ मडान्डेले २९, डियन मायर्सले २३, ब्रायन बेनेटले २२ र वेस्ली मधेभेरेले २१ रन बनाउनुभएको थियो । भारतका लागि रभी बिश्नोईले ४ विकेट लिनुभयो भने वाशिंटन सुन्दरले २ विकेट लिनुभयो । मुकेश कुमार र आभेस खानले समान १ विकेट लिनुभयो । शृंखलाको दोस्रो खेल आइतबार हुनेछ । हालैमात्र टी-ट्वान्टी विश्वकप जितेको भारतीय टोलीले युवा खेलाडी सम्मिलित टोलीलाई जिम्बाब्वे पठाएको छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच