काठमाडौं । नेपाल एसबिआई बैंकले ३१ औँ वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले शपथ ग्रहण समारोहको आयोजना गरेको छ, जहाँ बैंकका सबै कर्मचारीले बैंकप्रतिको जिम्मेवारीका लागि प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिबारेमा प्रकाश पार्दै बैंकको दिगो प्रगति कायम राख्न व्यक्तिगत जिम्मेवारी वहन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडाले बैंकको उपलब्धिमा योगदान पुर्याएकोमा सबै कर्मचारीलाई धन्यवाद दिँंदै योगदानलाई निरन्तरता दिन आग्रह गर्नुभयो । प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांतले सबै सरोकारवाला तथा सहभागीलाई धन्यवाद दिनुभयो । सो अवसरमा सबै शाखा तथा कार्यालयबाट आफ्ना ग्राहक तथा कर्मचारीलाई मिठाई वितरण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच