तनहुँ । ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सुरुङमार्गभन्दा बाहिर काम गर्ने क्रममा ढुङ्गा लागेर मृत्यु भएका मजदुरको परिवारलाई राहत दिने सहमति भएको छ ।
ढुङ्गा लागेर मृत्यु भएका सोही वडाको मालिङ्गा बस्ने ५० वर्षीय कृष्णबहादुर पुलामीको परिवारलाई रु ३० लाख प्रदान गर्ने सहमति भएको हो ।
पीडित परिवार र जलविद्युत् आयोजनाबीच आज बसेको बैठकमा बीमा रकमबापत रु १० लाख र हाइड्रोपावरका तर्फबाट रु २० लाख गरी रु ३० लाख प्रदान गर्ने सहमति भएको हो ।
आयोजनाको प्याकेज २ अन्तर्गतको सिनो हाइड्रोपावरले मृतकका छोरीलाई आयोजनामा योग्यता अनुसारको रोजगारी दिने सहमति भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “प्याकेज २ को ठेक्का पाएको कम्पनीले पीडितका परिवारलाई राहत दिने सहमति गरेको हो ।”








देशभर मनसुन सक्रिय, केही प्रदेशमा
बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ
बाँकेमा साइबर अपराध : मुद्दा
यस्तो छ आजका लागि विदेशी
भोजपुरको डाँडागाउँमा ‘एक घर, एक