
-पुरन साह
जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिनमै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार संकटमा परेको छ ।
मधेशका मुख्यमन्त्री सिंह बिश्वासको मत लिनु अघि नेकपा माओवादी केन्द्र, नेकपा एस, नाउपा र नेसपा गरी चार दलका छ मन्त्रीलाई बर्खास्त गर्नुभयो । त्यती मात्र होइन उहाँले सहमति अनुसार कांग्रेसलाई अर्थ सहित चार मन्त्रालय दिने सहमतिसमेत गरेर प्रदेशसभामा बिश्वासको मत लिन सफल हुनुभयो । तर बिश्वासको मत लिएको दुई दिनमै मुख्यमन्त्री सिंह सहमति लत्याएर अर्थ मन्त्रालय कांग्रेसलाई हुँदैन भनेपछि विवाद चुलिएको हाे ।
कांग्रेससँग भएको सहमतिको एक ईन्च तलमाथि हुन नसक्ने बताउँदै जनमत नसुध्रने हाे भने बैकल्पिक सरकारका लागि अगाडि बढ्ने सम्मकाे दाबी काँग्रेसकाे छ । कांग्रेसका मधेश सभापति कृष्ण यादवले पार्टी कार्यालयस्थित भेला भएका नेताहरुबिच भन्नुभयो, ‘कांग्रेस स्वाभिमान र सम्मानसंग खेलवाड गर्न सक्दैन, मुख्यमन्त्रीले प्रदेश चलाउनु पर्छ न कि बाहिरका नेताले ।’
सांकेतिक रुपमा उहाँले मधेश सरकार जनमतका सभापति डा. सिके राउतले चलाउन खोजेको र सरकार भन्दा पनि बजेटमा गिद्देनजर लगाउन थालिइएको बताउनु भयो ।
पार्टीका मधेश प्रदेशका उपसभापति विरेन्द्र कुमार सिंहले जनमतले सहमति तोडे कांग्रेसको नेतृत्वमा सरकार बनाउन अग्रसरता लिनेसम्मको टिप्पणी गर्दै जिल्ला तर्फ लाग्नुभएको छ ।
जाँदा जाँदै उहाँले भन्नुभयो, ‘यो मौसमी र षडयन्त्रमूलक जनमतको अडान हो, एमाले र कांग्रेस मिले आफुहरुको पत्ता साफ हुने डरले यो षडयन्त्र सुरु भएको हो ।’ ९ सिटबाला माओवादीले छोडेको अर्थ मन्त्रालय २२ सिटबाला कांग्रेसलाई दिन नसकिने भन्नु अपमान जनक तर्क रहेको बताउँदै उहाँले कुनै पनि हालतमा स्वीकार्य नहुने अडान राख्नुभयो ।
यसअघि कांग्रेसलाई अर्थसहित चार मन्त्रालय र गृह तथा सञ्चारसहित लोसपालाई दुई मन्त्रालय दिने आन्तरिक सहमति भएको थियो ।
तर, विश्वासको मत लिएपछि जनमत पार्टीका मुख्यमन्त्रीले सहमति कार्यान्वयन नगरेको असन्तुष्टि जनाउँदै कांग्रेस र लोसपा सरकारमा सहभागी भएको छैन ।
विश्वासको मत लिनुअघि एमालेको मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएको अर्थ मन्त्रालय, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारीसहितका ४ मन्त्रालय र लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने आन्तरिक सहमति भएको कांग्रेसले बताउँदै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच