काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीले दिएको राजीनामा स्वीकृत गर्नुभएको छ ।
चार दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई जसपाका मन्त्रीले राजीनामा बुझाउनु भएको थियो ।
प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता लिँदै जसपाका ३ मन्त्रीले असार २१ गते साँझ राजीनामा दिनुभएको थियो । उक्त राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसपाका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिशोर साह र स्वास्थ्य राज्यमन्त्रीमा हसीना खानले प्रधानमन्त्री समक्ष दिनुभएको राजीनामा स्वीकृत भएको छ । यस अघि एमालेका मन्त्रीले राजीनामा दिएका थिए । एमालेका ८ मन्त्रीको राजीनामा भने यस अघि नै स्वीकृत भइसकेको छ ।
राष्ट्रपति पौडेलले एमाले तथा जसपाका मन्त्रीले सम्हाल्दै आउनु भएको मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोक्नुभएको छ ।
एमाले-कांग्रेसको समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा हुनुहुन्छ । एमाले-कांग्रेसले अल्पमतमा रहनुभएको प्रधानमन्त्री प्रचण्डले राजीनामा गरेर नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरिरहेका बेला प्रधानमन्त्रीले भने विश्वासको मत लिने याेजनामा हुनुहुन्छ ।
प्रधानमन्त्री दाहालले आगामी शुक्रबार संसदमा विश्वासको मत लिन लाग्दै हुनुहुन्छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच