
अनुवादकः नारायणप्रसाद घिमिरे
लेखक : ब्रोनवेन म्याडोक्स र ओलिभिया ओसुलिभान
महिनौदेखि अनुमान गरिएको निर्वाचनको परिणाम आइसकेपछि पनि अब के हुन्छ भन्ने अनिश्चितता कायमै छ । दस्तावेज पढ्दा, विदेश नीतिकाप्राय सबै विषयवस्तुमा लेबर र कन्जरभेटिभ पार्टीबीच निक्कै कम फरक पाइन्छ । सबैभन्दा धेरै फरक विषयहरू युरोप र आप्रवासन, चीन र युक्रेन हुन् । अन्य बाँकी विषयमा भने यी दलबीच अनौठो समानता छ । तर अब छिटो निर्णय हुनेछन्, जसले विश्वमा बेलायतको स्थानबारे लेवर सरकारको दृष्टिकोण र चुनावी अभियानका क्रममा सोचबुझपूर्ण किसिमले नै अनुरत्तरित छोडिएका विषयले उत्तर खोज्नेछन् ।
यद्यपि, त्यसभन्दा पनि लेवर पार्टीले विश्वमा बेलायतको स्थान सुधार गर्छ गर्दैन भन्ने कुरा देशभित्रका समस्याहरूको हल गर्ने सामथ्र्य राख्छ कि राख्दैन भन्नेमा भर पर्छ । जस्तै, उत्पादकत्व वृद्धि, असमान शिक्षा प्रणाली, क्षेत्रीय विविधता र गिर्दो स्वास्थ्य व्यवस्था बेलायतका समस्या हुन् ।
अमेरिका र नेटो
वासिंटन डिसिमा हुने उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) चुनावको पाँचै दिनमा पहिलो अवसर प्राप्त हुनेछ । केयर स्टारमरले युक्रेनप्रति आफ्नो समर्थन दोहोर्याउने अवसर पाउनेछन् । यो समर्थन पूववर्ती कन्जरभेटिभले गरेकै कुरामा जोड हो । तर, लेवर पार्टीले ठ्याक्कै कहिले जिडिपीको २.५ प्रतिशत बजेट रक्षमा (करिब २.३ प्रतिशतबाट बढेर) खर्च गर्नेछ भनेर स्पष्ट पार्ने विषयमा भने उनले दबाब झेल्नेछन् । यो अहिलेसम्म नखुलाइएको विषय हो ।
लेवर पार्टीको जित बेलायती राजनीतिमा नयाँ अध्याय अर्थात् कन्जरभेटिभ पार्टीको एक दशक बढीको शासनमा फरक राजनीतिक वास्तविकता मात्र होइन सन् २०१० पश्चात् निक्कै बदलिएको विश्वमा नयाँ विचारको आवश्यकता छ भन्ने कुराको मान्यता पनि हो ।
विशेषगरी स्टारमरले त्यो प्रतिबद्धता जनाएपछि अमेरिकी परिदृश्य बदलिएको छ । जो बाइडेनमा सहजै देख्न सकिने दुर्बलताले राष्ट्रपतीय चुनावमा नयाँ खालको अनिश्चितता थपिएको छ । यति खेर, ट्रम्पको राष्ट्रपति हुने सम्भावना बढी देखिन्छ । सार्वभौमसत्ताको कुराले मात्र होइन युरोपली सुरक्षाका खातिर युक्रेनको पक्षमा रहिरनका लागि अमेरिका र नेटोका अन्य विचलित सदस्यहरूलाई सम्झाउन कति प्रयास गर्नुपर्छ भन्ने निर्णय स्टारमरले गर्नु पर्नेछ ।
युरोप
जुलाई १८ माअर्को अवसर आउनेछ जहाँ प्रधानमन्त्रीले युरोपेली राजनीतिक समुदायको बैठकमा करिब ५० युरोपेली नेताहरूको भेला आयोजना गर्नेछन् । यो बैठक केवल राजनेता जस्तो देखिनका लागि मात्र होइन कि उदार मूल्य (कानुनी शासन, बे्रक्जिटपश्चात् सरकारी जालझेलका कारण दागलागेको प्रतिष्ठालगायत) प्रति युकेको हित कायम राख्नु हो । यो भेटघाट नै स्टारमरका लागि आफूले चाहेको नजिकको सम्बन्धका बारेमा युरोपेली नेताहरूसँग विस्तृतरू रूपमा सुनाउने पहिलो मौका हुनेछ ।
दुवै पक्षकालागि रक्षामा केही सहकार्य, खाद्य तथा पशु उत्पादनमा सम्झौता, केही व्यावसायिक तथा बौद्धिक व्यक्तिहरूको आवतजावतमा सम्भाव्य विस्तार पूर्णरूपमा सहज नभए पनि असजिलो छैन । तर इयुका नेताहरूले नयाँ सरकारलाई इयु र बेलायतबीच युवाहरूको स्वतन्त्र आउजाउका लागि युरोपेली विचार चुनावअघि किन फिर्ता लिएको भनेर दबाब दिनेछन् ।
स्टारमरले युरोपमा आफ्नो सरकारको दक्षिणपन्थतिर बढ्दो समर्थन देखाउँदै वामराजनीतितिर ढल्किएको (लेफ्ट अफ् सेन्टर) अवस्था पनि जनाउनै पर्ने छ । उनले गैह्रकानूनी आप्रवासन व्यवस्थापन गर्नका लागि ऋषि सुनकको रुवान्डा योजना त्याग्ने प्रतिबद्धता जनाएकाले पनि के कुराले यो योजना प्रतिस्थापन गर्ने हुन् या युरोपेली देशहरूले यस्तै खालको समस्यासँग जुध्न आवश्यक पर्ने वैकल्पिक उपाय सुझाउने हुन् बयान गर्नुपर्नेछ ।
गाजा
चुनावअघि स्टारमर गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राखी इजरायलको रक्षाको अधिकारको पक्षमा उभिए । त्यो सुनक सरकारले लिएको अडानकै पक्षमा थियो । तर इजरायलले गाजामाथि गरेको कारबाहीलाई लिएर लेवर समर्थकहरूले जनाएको चरम आपत्ति सुनकलाई भन्दा स्टारमरलाई महँगो भएको छ ।
त्यसैगरी, देशभित्र स्टारमरले इजरायल विरुद्ध कडाइ गर्नुपर्र्ने दबाब सामना गर्नेछन् र अमेरिकामाथि इजरायली सरकारमा दबाब बढाउन युकेको प्रभावको औकात जाँच्नेछन् । यद्यपि उनले यस्ता प्रश्नमा युकेको प्रभाव न्यून हुने तथ्यको सामना गर्छन् होला । यति हुँदाहुँदै पनि यी कार्यको विशेष प्रतिकात्मक प्रभाव रहन्छ । धेरै थरी क्षेत्रीय खेलाडीहरूसँग छाप जोड्न सक्ने छलफल आयोजना गर्नु नै बेलायतका लागि सबैभन्दा ठूलो प्रयोग हुनसक्छ ।
चीन
चीनसम्बन्धी तत्काल कुनै निर्णय हुने देखिँदैन । लेवर पार्टीले सुनकले गरे जस्तै सचेत सन्तुलन (व्यापार, विश्वव्यापी समस्यामा छलफल तर युकेलाई चुनौतीबाट रक्षा) कायम गर्ने योजना छ । वास्तवमा, लेवरले युकेको चीन सम्बन्धबारे ‘अडिट’ गर्ने प्रस्ताव गरेको छ, जुन सायद सरकारको पहिलो १०० दिनमा सुरु हुन्छ ।
सबैलाई त्यो ‘अडिट’ कुनै प्राविधिक अभ्यास झैं लाग्छ, जो महत्वपूर्ण प्रश्नहो-अमेरिकाले उसको चीनविराधी व्यापारिक खेमामा लाग्न गरेको दबाब छल्न युके कत्तिको क्षमता राख्छ । व्यापार, दक्षिणी चीनिया समुद्रमा चीनको बढ्दो प्रभाव र हालै रुसप्रति चीनले दिएको समर्थनका कारण यो वर्ष चीन र अमेरिकाबीचको सम्बन्ध निक्कै चिसिएको छ । आर्थिक वृद्धिको उद्देश्य हासिल गर्न सहजताभन्दा पनि स्टारमरले कुनै पक्षमा उभिन बाध्यात्मक परिस्थितिमा गुज्रने छन् ।
जलवायु
बेलायतमा सस्ता चिनियाँ विद्युतीय सवारी र सोलार प्यानेलको आयात जारी राख्ने कि नराख्ने भन्ने विषयमा पहिलो जटिल निर्णय गर्नु पर्नेछ । चुनाव गर्ने घोषणा भएको दिन चथामहाउसमा बोल्दै चान्सलर (अहिले) रचेल रिभ्सले भनेकि थिइन् कुनै पनि उत्पादन किन्ने कुरामा सस्तोपन कुनै विषय होइन । तर, यदि वृद्धि गर्ने उद्देश्य राखिन्छ र जलवायु परिवर्तनका लक्ष्य पूरा गर्न खोजिन्छ भने यसले अर्थ राख्छ । लेवर पार्टीले यो द्विविधा हटाउनै पर्छ र यदि उसले जलवायुका विषयमा नेतृत्वदायी भूमिका खेल्छ भने यो द्विविधाको अन्त्य अनिवार्य छ ।
यस विषयमा सरकारको ध्यानखिच्ने तत्कालको अन्तर्राष्ट्रिय चुनौती हो- सन् २०२३ अहिलेसम्मको अत्यधिक गर्मी वर्षको रूपमा दर्ज हुनु । जलवायु परिवर्तनले आप्रवासन, खाद्यमूल्य, र द्वन्द्वमा धेरै प्रभाव पार्छ । सरकारले मतदातालाई सुरक्षा प्रदान गर्ने वाचा गरेकोले यी विषयको सम्बोधन गर्ने भूमिका खेल्नुपर्छ ।
युकेभित्रै सुधार
‘परिवर्तन’ उल्लेख गरिएको रातो चिहृनसहित स्टारमरले हप्तौंसम्म अभियान चलाए । कुनै पनि देशले विश्वमा प्रभाव राख्नको लागिउसको घरेलु राजनीतिमा छवि, स्थायित्व, व्यवस्थापन र आर्थिक वृद्धि महत्वपूर्ण कडी हुन् । चौध वर्षको अन्त्यमा, कन्जरभेटिभ्सले यी दुवै विषयमा काम गर्न असफल भए । विश्वमा युकेको घट्दो प्रभावका कारण यो मूल्य चुकाए, निर्वाचनमा क्षति व्यहोरे जुन पार्टीको इतिहासमै खराब नतिजा थियोे । यदि अब लेवरले वाचा गरेको नयाँ युग हुनेछ भने यसले युकेका दीर्घकालीन समस्याको समाधान दिन सक्नुपर्छ : उत्पादनमा कमी, अस्तव्यस्त शिक्षा र स्वास्थ्य प्रणाली, विद्युत्, ऊर्जा र ५ जी लगायतका पूर्वाधारमा लगानीको कमी, र क्षेत्रीय र सामाजिक असमानता ।
लेवरको पार्टीको जित बेलायती राजनीतिमा नयाँ अध्याय अर्थात् कन्जरभेटिभ पार्टीको एक दशक बढीको शासनमा फरक राजनीतिक वास्तविकता मात्र होइन सन् २०१० पश्चात् निक्कै बदलिएको विश्वमा नयाँ विचारको आवश्यकता छ भन्ने कुराको मान्यता पनि हो । युकेमा देखिएका थुप्रै चुनौतीको कारण ब्रेक्जिट (इयुबाट बेलायत बाहिरिएको घटना) लाई लिइएको छ, तर यो तर्कले काम गरी नरहँदा, कन्जरभेटिभ्सको शासन (र अन्य उस्तै खालका व्यवस्थामा पनि) मा देश जटिल समस्याले आक्रान्त बन्यो । सन् २००८ को दुर्घटनापश्चात् जारी आर्थिक कमजोरी, जलवायु र कोभिडजस्ता वैश्विक चुनौतीको व्यवस्थापन गर्न सक्ने क्षमता, युरोप र मध्यपूर्वमा अब युद्ध नगर्ने कुरा राख्नका लागि उचित कदम आवश्यक पर्छ । यो ठूलो विजयले अहिले कसैलाई त्यसतर्फ काम गर्ने सन्देश दिएको छ । (स्रोत : चथामहाउस, जुलाई ५, २०२४)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच