संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

हिमालय टाइम्स
Mahendra Ray Yadav

काठमाडाैं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताउनुभएको छ ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताउनु भयो । उहाँले संघीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने बताउनु भयो । उहाँले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो - ‘संविधान संशोधनका लागि दुई ठूला दलहरुले दुई दलिय प्रणाली लान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सह्य हुनसक्छ ? म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरी संविधानको चारवटा पिल्लर खम्बा हो, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशि । यि चारवटा पिल्लरमा समानुपातिक र समावेशि हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यान आकृष्ट गराउन चाहान्छु, अब संविधान संशोधन गर्दाखेरी सर्वपक्षिय, सर्वदलिय हिसावमा होस् ।’

उहाँले तराई/मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु भएको बताउनु भयो । उहाँले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमी मरुभूमिकरण हुने अवस्था रहेको बताउनु भयो ।

उहाँले चुरे दोहन रोक्नुपर्नेमा जोड दिनुभयो । सांसद यादवले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक बरामद परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता चौध लाखभन्दा बढीका सामान र ई–लोडर बरामद झलारीमा प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा पृथ्वी राजमार्गको गलौदी सडकखण्ड अपराह्न ४ बजेसम्म खुल्ने सम्भावना खेतमा बेसार, किसानलाई बजारको चिन्ता मतदाता नामावली अद्यावधिक : काभ्रेमा दुई हजार ६०० मतदाता घटे रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने ट्रम्पको घोषणा, जेलेन्स्कीको आपत्ति काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने