काठमाडौं । ज्योति विकास बैंकले रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढी अनुभवी नवनियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल विगत १६ महिनादेखि सिटिजन्सको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो । चार्टर्ड एकाउन्टेन्ट बरालसँग भारतको बिडिओ इन्टरनेसनलका साथै नेपाल बैंक, प्रभु बैंक तथा एनआइसी एसिया बैंकको उच्च व्यवस्थापन तहको सफल कार्यानुभव रहेको छ ।
त्यसैगरी बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढी अनुभव र विशेषज्ञता हासिल गर्नुभएका नवनियुक्त सहायक महाप्रबन्धक थापाले नेपाल बैंकबाट बैंकिङ यात्रा सुरुवात गरी विभिन्न वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकमा व्यवस्थापकीय पदमा बहुआयामिक अनुभव हासिल गर्नुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच