अविरल बर्षाका कारण भोजपुरका ग्रामीण सडकहरु अवरुद्ध

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । मनसुन सक्रियतासँगै निरन्तर बर्षा भएपछि पुर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण सडकहरु अवरुद्ध बनेका छन् ।

निरन्तरको बर्षासंगै कच्चीसडकहरु अवरुद्ध बनेका हुन् । जिल्लाका ९ वटा स्थानीय तहहरुमा रहेका ग्रामीण सडकहरु निरन्तर बर्षाका कारण हिलाम्मे बन्दा सहज आवत जावतमा समस्या भएको छ । निरन्तरको बर्षाको कारण पुष्पलाल मध्य पहाडी राजमार्गअन्तर्गत भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ३ मेसपाङको पक्की सडकसमेत भासिएको छ । सडक भासिएपछि भोजपुरबाट खोटाङ हुँदै काठमाडाैं चल्ने सवारीका साधनहरुसमेत नचल्ने अवस्थामा पुगेका छन् । यो सडक दैनिक सवारीका साधनहरु संचालन हुने ब्यस्त सडक हो ।

निरन्तरको बर्षाले सडकहरु अवरुद्ध हुन थालेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । “ग्रामीण सडकहरुमा घाम लाग्दा सवारी साधन चल्ने र बर्षातसंगै सडक बन्द हुने गरेका कारण समस्या हुने गरेको छ ।” अध्यक्ष बस्नेतले भन्नुभयो । अविरल बर्षाको कारण सडक तथा घरहरु जोखिमा परेको सूचना आई रहेको बताउँदै अध्यक्ष बस्नेतले सवै नागरिकलाई सजक र सचेत रहन आग्रह गरिएको बताउनुभयो ।

हिलोका कारण यातायातका साधन सञ्चालनमा कठिनाई भएको यातायत ब्यवसायीहरुको भनाई छ । “ग्रामीण सडक त अवरुद्ध हुने भई गयो, तराईबाट आवत जावत गर्ने पिच सडकहरु त कति बेला अवरुद्ध हुने टुंगो हुदैन ।” यातायात ब्यवसायी बिपिन नेपालले भन्नुभयो । धरान धनुकटा सडकहरु त अवरुद्ध हुन्छन, जिल्लाका ग्रामीण सडक त हिलाम्मे भई हाल्छन ।

ग्रामीण सडक वर्षाको समयमा जति मर्मत गरे पनि एक दिनको झरीले पूरै बिग्रिने भएकाले तत्काल मर्मत र सञ्चालनमा समस्या हुने गरेको छ । बर्षाको समयमा सडकको स्तरोन्नतीगर्न समस्या हुने भएकाले केही समय ग्रामीण सडकहरु संचालन नहुने अवस्थामा रहेका कारण जिल्लावासीहरु मारमा परेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?