मन्त्रालयको बाँडफाँड भइसकेको छैन, राष्ट्रिय उत्पादन वृद्धिमा जोड दिन्छु : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँड भइ नसकेको बताउनुभएको छ ।

बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा नभइसको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउनु भयो ।

उहाँले काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बताउनु भयो । उहाँले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरुलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताउनु भयो । उहाँले सामान्यतः स्ट्रेन्थको आधारमा पार्टीहरुलाई स्थान निर्धारण गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रालयको बाँडफाँड पनि भइसकेको छैन । यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय । कोको सरकारमा सामेल हुने भन्नेकुरा साधारणतया हैसियतको आधारमा, काँग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन् । सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरुलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ । त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ । राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौँ भने आयात त वृद्धि भइरहने भयो । निर्यात हुने नै भएन । व्यापार सन्तुलनका कुरा नै अवरुद्ध हुन्छन् । सबै कुरा निर्भर गर्दछ, राष्ट्रिय उत्पादन वृद्धिले । हाम्रो अहिले उद्यमशिलतामा ध्यान जानु,कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा जोड दिनु र व्यवसायिकतामा ध्यान दिनु, उद्यमशिलता, उद्योगीकरण, आधुनिकीकरण, प्रविधिको प्रयोगमा जोड दिनु आजको आवश्यकता हो । उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनु आजको आवश्यकता हुन् । शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता हो । जनतालाई केन्द्र भागमा राखेर काम गर्नेछौँ ।’

अध्यक्ष ओलीले राष्ट्रिय उत्पादन वृद्धि गर्न विशेष जोड दिने बताउनु भयो । उहाँले उद्यमशिलतामा, कृषिमा आधानुकीकरण र व्यवसायिकीकरण, यान्त्रीकीकरणमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले उत्पादनका लागि पूर्वाधारका विकासमा ध्यान दिनुपर्ने पनि बताउनु भयो । जनतालाई केन्द्र भागमा राखेर काम गर्ने पनि बताउनु भयो । उहाँले शिक्षालाई बढी व्यहारिक, जीवनोपयोगी शिक्षामा परिणत गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?