पाँचथर । विविध बहाना बनाउँदै जिल्ला अदालत पाँचथरको भवन ७ वर्षको अन्तरालमा पनि बन्न सकेको छैन् । ठेकेदारको चरम लापरवाही,आर्थिक मन्दी,हेलेचेक्राई,पावरको दम्भमा म्याद थप जस्ता कारण भवन निर्माण कार्य सम्पन्न हुन नसकेको पाइन्छ ।
२ वर्षमा भवन निर्माणको काम सक्नुपर्ने भएतापनि ५ पटक म्याद थपेर अहिले ७ वर्षमा पनि भवन निर्माण हुन सकेको छैन् । ०७४ असार २१ गते सम्झौता शुरु भई ०७६ असार २० गते भवन निर्माणको काम सक्नुपर्ने भएतापनि ०८१ असार मसान्तसम्ममा पनि भवन निर्माणको काम सकिने छाँटकाँट देखिँदैन ।
सरकारको समेत खुकुलो नितीका कारण भवन बन्न नसकेको सरोकारवालाहरु बताउँछन् । सरकारले सार्वजनिक खरिद नियामवली १३ औ पटक संशोधन गरी ठेकेदारलाई म्याद थप गर्ने खुकुलो निती बनाएको कारण पनि भवन निर्माण हुन नसकेको स्थानिय बताउँछन् ।
शिवाको,बस्नेत जेभीका प्रतिनिधी शुशिल बाबु श्रेष्ठ र रिठ बस्नेतले आयोजनाको जिम्मा लिएका थिए । कोभिड,आर्थिक मन्दी लगायतको बहाना बनाएर आयोजनाको म्याद ठेकेदारले पटक पटक थप गरेको पाइएको छ ।
अहिले ठेकेदारलाई सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेको छैन् । उनीहरुको फोन नम्वरमा फोन लाग्दैन्,असारमा भुक्तानी लिन लाई होला अहिले अलि भवनको काम गरेको जस्तो देखिन्छ । तर उक्त काम गराईले यो असार मसान्तमा पनि काम नसक्ने अवस्था देखिन्छ । पछिल्लो पटक थप भएको भवनको म्याद यहि ०८१ असार मसान्तमा सकिँदैछ । कम्पनीले ३ करोड ३७ लाख ६१ हजार ६ सय ८५ रुपैयाको लागतमा भवन निर्माणको जिम्मा लिएको थियो ।
अहिले सम्म कम्पनीले ९० प्रतिशत काम सकिसकेको, वित्तिय प्रगति भने ६० प्रतिशत लगिसकेको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार विष्णु प्रसाद खतिवडाले बताउनुभयो ।
अब पनि ०८१ असार मसान्त सम्ममा काम सक्ने अवस्था नभएको हुँदा छैटौ पटक म्याद थप हुन सक्ने जिल्ला अदालत पाँचथरका सूचना अधिकारी गोपाल खनालले बताउनुभयो ।
आफ्नो भवन निर्माण भइरहँदा जिल्ला अदालत पाँचथरले पनि भवन चाडो बनाउन तदरुक्ता पटक्कै नदिएको,चासो नै नदिएको जस्तो देखिन्छ । आफनो जे काम हो त्यो भन्दा अरु भवन निर्माण प्रति कुनै पटक्कै चासो नदेखाएको जस्तो देखिन्छ ।
जसका कारण पनि भवन निर्माणमा ढिलाई हुनेमा थप सहयोग पुगेको जस्तो अनुभूति प्राप्त हुन्छ, प्राय कार्यालय र ठेकेदारका कम्पनी बीच फोन सम्पर्कसमेत हुन नसकेको पाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच