कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक छ : उपाध्यक्ष श्रेष्ठ

हिमालय टाइम्स
फाइल तस्बिर

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । उपप्रधान एवं परराष्ट्रमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार बालुवाटारमा स्व. सीता दाहालको पहिलो वार्षिकीमा श्रद्धा सुमन अर्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको आवश्यकता जनताको आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नु रहेको बताउनु भयो । उहाँले आन्दोलनलाई रक्षा गर्दै नागरिकको चाहना बमोजिम काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विभिन्न बहानामा प्रतिगामी तत्वहरुले आन्दोलनमाथि धावा बोल्ने काम गरिरहेको भन्दै यसलाई मँथि उठ्न दिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अभिभावकत्व निर्वाह गर्ने भाउजु अहिले हामीसँग रहनु भएन । तर यो प्राकृतिक नियम हो । हामीले यसलाई स्वीकार गर्नैपर्छ । अहिलेको आवश्यकता भनेको यो आन्दोलनलाई सकारात्मक रुपमा अघि बढाएर अहिलेका उपलब्धिहरु खोस्न चाहने प्रतिगामी तत्वहरुलाई, एउटा वा अर्को प्रकारले यसलाई खोस्न मद्दत गर्नेहरुलाई हामीले माथि उठ्न दिनु हुँदैन ।’

उपाध्यक्ष श्रेष्ठले सीता दाहालको निधनबाट पार्टीलाई अभिभावकको अभाव खड्किरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ : मञ्चलाकुमारी झा दशैं नजिकिँदै गर्दा पनि कलंकी खसीबजार सुनसान हेटौँडामा पुरानो घरको जग खन्ने क्रममा माटोले पुरिएर एक जनाको मृत्यु प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न श्रीलंकाका लागि प्रस्तावित राजदुत झालाई लुम्बिनीको ब्राण्डिङमा केन्द्रित हुन सांसद पुनको सुझाव रोकिराखेको ईभीलाई दुई बसले ठक्कर दिँदा चालक घाइते कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै शुक्र अस्त हुँदै : कुन काम गर्न हुन्छ, कुन हुँदैन ? नेपालगन्जमा दसैँको रौनक : चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन