पाँचथर । फिदिम नगरपालिकाका संस्थापक निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको बिहीबार विहान निधन भएको छ ।
नेम्वाङको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२००४ सालमा फिदिम २ माथ्लो गाउँमा जन्मेका नेम्वाङलाई मधुमेह र रक्तचाप सम्बन्धी समस्या देखिएपछि तीन दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो ।
नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित भएका थिए । त्यसअघि उनी २०७२ सालदेखि २०७४ सालसम्म फिदिम नगर विकास समितिको अध्यक्ष हुनु भएको थियो । नेपाली काग्रेस पाँचथर प्रदेश सभा क को पूर्व क्षेत्रिय सभापति हुनुभयो । अहिले उहाँ नेपाली काग्रेस पाँचथरको महासमिति सदस्य हुनुभयो ।
पछिल्लो समय नेम्वाङमा मृगौला सम्बन्धी समस्या आएको पारिवारिक स्रोतले जनाएको छ ।
आफ्नो सक्रिय जीवनमा लामो समय कांग्रेसको राजनिति गरेका नेम्वाङले जिल्लाका नागरिकलाई शिक्षा, स्वास्थ्य र खानेपानी उपलव्ध गराउन विशेष भूमिका खेलेका थिए । फिदिम २०७१ सालमा नगरोन्मुख गाविसबाट नगरपालिका घोषणा भएको थियो ।
त्यसपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा मेयर बनेका उनी फिदिमको पहिलो मेयर हुनुहुन्थ्याे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच