
काठमाडौं । पाँचौं पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न असफल हुनुभएको छ ।
जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पदमुक्त हुनु भएको छ ।
शुक्रबार उहाँले प्रतिनिधि सभामा संविधानको धारा १०० को उपधारा २ बमोजिम पाँचौ पटक विश्वासको मत लिनुभएको थियो । उहाँले प्रतिनिधि सभामा बहुमत गुमाएसँग पदमुक्त हुनुभएको हो ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्यो । उहाँको विपक्षमा १९४ मत परेको छ । मत दिन्न भन्नेमा १ मत परेको छ ।
शुक्रवार प्रतिनिधिसभामा विश्वासको मत राख्नुभएको प्रश्ताव अस्वीकृत भएकाले उहाँ पदबाट मुक्त हुनुभएको हो । तत्काल रहेको २५८ मत रहेकोले उहाँले ६३ मात्रै मत पाएको र त्यसको विपक्षमा १९४ मत परेकाले उहाँको प्रश्ताव अस्वीकृत भएको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
संविधानको धारा ७७ को उपधारा १ (क) ले धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था रहेको छ ।
गत २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले यो बीचमा चार पटक विश्वासको मत पाउनु भएको।
नेकपा (एमाले), नेपाली कांग्रेस लगायत साना दलले विपक्षमा मतदान गरेसँगै उहाँ पदमुक्त हुनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच