बाँके । बाँके प्रहरीले हुण्डि कारोवारमा सलग्न भएका ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
नेपालगन्ज १२ बेलासपुरमा स्थित हुण्डी कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले २४ लाख रुपैयाँ सहित नेपालगन्ज १८ बस्ने वर्ष २९ को राजेश भुजु श्रेष्ठ, सोही ठाउँका वडा नम्बर ३ बस्ने वर्ष २५ को सोयब कादरी हलवाई, कोहलपुर ७ बस्ने वर्ष २९ को निम बहादुर बोहरा र जिल्ला कन्चनपुर भिमदत्त नगरपालिका ७ घर भई हाल जिल्ला बाँके नेपालगंज उपमहानगर पालिका वडा नं ३ बस्ने वर्ष ३० को राहुल देवललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक नारायण डागीले हिमालय टाइम्सलाई बताउनुभयो ।
उहाका अनुसार बेलासपुर स्थित रहेको तारा कुमारी विसीको घरमा भडामा रहेको नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टी भी फ्रीज मर्मत गर्ने पसलबाट नगद चौबीस लाख बैसठ्ठी हजार तीन सय पन्ध्र, हरहिसाव राखेको कपी थान १, सानो नोट बुक थान १, बिभिन्न व्यक्तिको नाममा विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरहरु समेत बरामद समेत गरिएको छ ।








बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच