काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । शनिबार राति पेन्सिलभेनियाको बटलरमा भएको कार्यक्रममा पूर्व राष्ट्रपतिमाथि गोली प्रहार भएको हो । उहाँ सामान्य घाइते भएको बीबीसीले जनाएको छ ।
गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । उहाँलाई गुप्तचरहरूले उठाएका थिए। ट्रम्पको कानमा गोली लागेको बताइएको छ । उहाँको कान र अनुहारमा रगत लतपतिएको देख्न सकिन्छ ।
ट्रम्पलाई अमेरिकाको सेक्रेट सर्भिसले तत्कालै गाडीमा हालेर सुरक्षित स्थानतर्फ लगेको थियो। उहाँलाई मञ्चमा बोल्दै गर्दा ठूलो आवाज सुनिएको र लगातार गोली चलेको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक बन्दुकधारी र एक दर्शकको मृत्यु भएको अधिकारीहरूले जनाएको बीबीसीले उल्लेख गरेको छ । र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएको जनाएको छ।ट्रम्पले सामाजिक सञ्जालमा आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको उल्लेख गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच