धनगढीमा उत्कृष्ट ७ सामुदायिक विद्यालय पुरस्कृत

भाेजराज रोस्यारा कैलाली, संवाददाता
School Samman
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । कैलालीको धनगढीमा उत्कृष्ट ७ वटा सामुदायिक विद्यालयलाई सम्मानसहित पुरस्कृत गरिएको छ । धनगढी उपमहानगरपालिका र उपमहानगरभित्र सञ्चालित ६८ वटा सामुदायिक विद्यालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मासिक रुपमा उत्कृष्ट काम गर्ने ७ वटा विद्यालयलाई सम्मानपत्रसहित पुरस्कृत गरिएको हो । उपमहानगरपालिकाले २०८० चैत्र ८ गते ६८ वटा सामुदायिक विद्यालयहरुहरुसँग कार्यसम्पादन सम्झौता गरेको थियो।

सामुदायिक विद्यालयहरुको शैक्षिक व्यवस्थापनमा सुधार गर्दै गुणस्तरीय शैक्षिक विकास गर्ने उद्देश्यले यस्तो सम्झौता गरिएको थियो । ११ वटा मुख्य सूचक र ७२ वटा सहायक सूचक तय गरिएको छ। ती सबै सूचकहरुको पूर्णाङ्क १०० कायम गरिएको छ । उल्लेखित सूचकको आधारमा विद्यालयमा महिनाभरी भए गरेका गतिविधिलाई प्रधानाध्यापकहरुको बैठकका अवसरमा प्रस्तुतिकरण गर्ने काम हुँदै आएको छ ।

उक्त प्रस्तुतिकरणलाई तोकिएको मूल्याङ्कन समितिबाट मूल्याङ्कन गरेर मासिक रुपमा उत्कृष्ट विद्यालय घोषणा गर्ने गरिएको छ । सोहीअनुसार २०८१ बैशाख महिनाको उत्कृष्ट विद्यालय श्री शारदा माध्यमिक विद्यालय धनगढी-२, लाई सम्मानपत्रसहित १५ रुपैयाँ प्रोत्साहन उपलब्ध गराइएको थियो । २०८१ जेठ महिनादेखि भने तहगत रुपमा तीनवटा विद्यालयलाई उत्कृष्ट विद्यालय घोषणा गर्ने र उत्कृष्ट घोषणा भएका तीनवटै विद्यालयलाई सम्मानपत्र र १० हजार रुपैयाँ प्रोत्साहन उपलब्ध गराउन थालिएको छ ।

जेठ महिनामा माध्यमिक विद्यालयतर्फ श्री पञ्चोदय माध्यमिक विद्यालय, धनगढी-५, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री सरस्वती आधारभूत विद्यालय धनगढी-१ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री जनजागृति आधारभूत विद्यालय धनगढी-१५ उत्कृष्ट विद्यालय हुन सफल भएका थिए ।

२०८१ असार महिनामा माध्यमिक विद्यालयतर्फ श्री सिद्धनाथ माध्यमिक विद्यालय धनगढी-१२, आधारभूत तह कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री न्यू कालिका आधारभूत विद्यालय धनगढी-१७ र आधारभूत तह कक्षा ५ सम्म सञ्चालित विद्यालयहरुमध्ये श्री राष्ट्रिय आधारभूत विद्यालय धनगढी-५ उत्कृष्ट विद्यालय हुन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, १८० मध्ये १७३ मत प्राप्त दसैँका लागि सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा, गत वर्षभन्दा गोटामै ३ हजार महँगो विदेशबाट पैसा पठाउन अब थप सहज, इसेवा मनी ट्रान्सफर र भिसाबीच रणनीतिक…