परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्न सधैँ प्रयत्न गर्नेछु : निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठ

हिमालय टाइम्स
Narayankaji Shrestha
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । निवर्तमान उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू परराष्ट्र मन्त्रालयको निकट रहेर काम गर्ने बताउनुभएको छ ।

आईतवार अपरान्ह मन्त्रालयका आयोजित विदाई समारोहमा बोल्दै उहाँले मुलुकको परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाउनका लागि पनि आफू सो मन्त्रालयको अन्तरंग निकट रहेर काम गर्न प्रतिवद्ध रहेको बताउनुभएको हो । निवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले नयाँ बन्ने परराष्ट्र मन्त्रीलाई निकट रहेर साथ दिन चाहेको बताउनु भयो । भोलेन्टियरको रुपमा परराष्ट्र मन्त्रालयका काम गर्न आफूले अब बन्ने मन्त्रीसँग निवेदन हाल्न चाहेको उहाँको भनाई थियो । उहाँले परराष्ट्र नीतिको पक्षमा आफूले सदैव सम्बन्धित पक्षहरुसँग छलफल, संवाद र अन्तरक्रिया गर्ने बताउनु भयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयसँग त म अन्तरंग निकट रहन्छु । ताकि परराष्ट्र मन्त्रालयले परराष्ट्र सम्बन्धलाई सही ढंगले अघि बढाओस् । परराष्ट्र नीतिलाई सही ढंगले अघि बढाओस् । कूटनीतिक अभ्यास सही ढंगले गरोस् । त्यसको निम्ति आफ्नो तर्फबाट तपाईहरुसँग निकटमा रहेर छलफल गर्ने र समाधानका प्रयत्नहरु गर्ने । यसलाई उन्नत स्तरको संसारको अहिलेको आवश्यकतालाई मिट गर्नसक्ने परराष्ट्र मन्त्रालयको रुपमा विकसित गर्ने काममा म तपाईहरुको साथमा रहनेछु । मैले त भनेको पनि थिए-अर्को मन्त्री जो आउनु होला । एउटा निवेदन त मैले हाल्नुपर्ला जस्तो छ । मलाई भोलेन्टियर भएपनि सल्लाहकार भएपनि बनाउनु न । केही समयका लागि । पूरै समय त म दिन सक्दिन । मान्छे के के गर्ने तपाई गर्नुस् । सिष्टम स्थापित गरिदिन्छु भन्ने पनि हुन्छ । तर केही कामहरु छ यो मन्त्रालयको । त्यसलाई पूरा गर्न मलाई तपाईको भोलेन्टियर बनाउन न भन्न मलाई मन लागिरहेको छ । त्यसरी भनेपनि नभनेपनि म यो कामहरुलाई पूरा गर्न दृढतापूर्वक राज्यको सबै पक्षहरुसँग छलफल, संवाद, अन्तरक्रियामा हुनेछु । त्यसको निम्ति मेरो सधै प्रयत्न रहनेछ ।’

निःवर्तमान उपप्रधानमन्त्री श्रेष्ठले आफूले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउन सक्दो पहल गरेको दाबी समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि, वडा र पालिका अधिवेशनको मिति तय एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे गृहमन्त्रीको सचिवालयको स्पष्टीकरण नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल, कीर्तिपुरमा अन्तिम तयारी पूरा सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त काँग्रेस महाधिवेशनः ५ हजार ६ सय बढी मत खस्यो जलवायु परिवर्तनको असर विश्वसामु पुर्‍याउन खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ : मन्त्री… हेटौँडामा ठगीको आशङ्कामा तीन जना पक्राउ, ५२ नागरिकताका प्रतिलिपि र ४३ सिमकार्ड… कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि, ५१ प्रतिशत मत नआए दोस्रो चरणको चुनाव सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत अतिरिक्त मसला… इनम सापकोटा पक्राउविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज