
नयाँदिल्ली । भारतले जिम्बाब्वेविरुद्धको टी-२० सिरिजमा लगातर तेस्रो जित हासिल गरेको छ । सिरिजको चौथो खेलमा भारतले १० विकेटले जित हासिल गरेको हो । जिम्बाब्वेले दिएको १५३ रनको लक्ष्य पछ्याएको भारतले कुनै विकेट नगुमाई १५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
भारतका लागि यशस्वी जैसवालले अविजित ९३ रन बनाउनुभएको थियो भने शुभमन गिलले अविजित ५८ रन बनाउनुभयो । यसअघि जिम्बाब्वेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो ।
यो जितपछि भारतले पाँच खेलको सिरिज ३-१ ले जितेको छ । सिरिजको पहिलो खेल जिम्बाब्वेले जितेको थियो भने त्यसपछि लगातार तीन खेल भारतले जितेको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच