काठमाडौं । जाँदा जाँदै अर्थमन्त्री वर्षमान पुनले आफ्नो चारमहिने दोस्रो कार्यकाल सन्तोषजनक रहेको भन्दै बजेटमार्फत् मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गर्नुभएको छ । मन्त्रालयका कर्मचारीद्वारा आइतबार आयोजित बिदाइ कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो ।
मन्त्री पुनले आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने पनि बताउनुभएको छ ।
मन्त्री पुनले आफू अब जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने पनि बताउनुभयो । बजेटमार्फत् शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँको जिकिर थियो ।
१२ वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुर्ई आर्थिक वर्षमा पूरक बजेट ल्याएको स्मरण गर्दै मन्त्री पुनले यसपटक जननिर्वाचित संसद्बाट पूर्ण बजेट ल्याउने मौका पाए पनि कार्यान्वयन भने गर्न नपाएकोमा दुःख व्यक्त गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहित मन्त्रालयका उच्चपदस्थदेखि मातहतका सबै निकायले आफूलाई राम्रो साथ दिएकाले केही आशा जगाउने गरी बजेट ल्याउन आफू सफल भएको पनि पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु, मलाई अर्थ मन्त्रालय परिवार र गभर्नरसहित सम्बद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।’ उहाँले सुरुदेखि नै बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको दाबी गर्नुभयो । तथापि प्रधानमन्त्री कार्यालयमा बन्ने नीति कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेकामा राज्यका नीतिहरू समन्वयात्मक ढंगले आउनुपर्ने उहाँकोे जोड थियो ।
मुलुकको भू-अवस्थितिअनुसार आर्थिक विकासको मोडल र रूपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै कृषि, जलविद्युत्, पर्यटन र उत्पादममूलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको उहाँले बताउनुभयो ।
साथै मध्यरातमा मन्त्रीले एकलौटी राजस्वका दर फेर्ने प्रचलन तोडेको पनि पुनले जिकिर गर्नुभयो । राजस्व र भन्सार दर फेरफेर गर्दा योपटक धेरै विवाद नभएको भन्दै उहाँले बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको र एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार र राजस्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यबीच लामो छलफलपछि मात्र करका दरहरूमा हेरफेर भएको दाबी गर्नुभयो ।
मन्त्री पुनले कर्मचारी तन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबल साथ काम गर्न आग्रह गर्नुभयो । असल नियतसाथ गरिएका काममा प्रश्न उठेको अवस्थामा नियामक निकायसँग कुरा गर्न पनि उहाँले प्रशासकहरूलाई सुझाव दिनुभयो । आफू जिम्मेवारीका हिसाबले जहाँ रहे पनि कर्मचारीतन्त्रको मनोबल उठाउने काममा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच