काठमाडौं । प्राइम सेरामिक्स प्रालि नेपालको सबैभन्दा ठूलो तथा एकमात्र भित्ता र फ्लोर टाइल्स उत्पादक कम्पनीले सञ्चालनको पहिलो वर्ष पूरा गरेको छ । कम्पनीले दुई अर्ब लगानीमा गत वर्षको असारदेखि रौतहटमा अत्याधुनिक फ्याक्ट्रीबाट एसएसिएमआई इटालीको विश्व अग्रणी प्रविधि प्रयोग गरी टाइल उत्पादन सुरु गरेको थियो ।
एक वर्षको अवधिमा कम्पनीको ब्राण्ड ‘प्राइम-टाइल्स विथ स्टाइल’ ले नेपाली उपभोक्ताको मन जित्दै दुई करोड स्क्वायर फिटभन्दा बढी टाइल बिक्री गर्न सफल भएको जनाएको छ । सफलताको प्रमुख कारण भित्ता र फ्लोर टाइलका विभिन्न साइज, तीन सय ५० भन्दा बढी डिजाइन, एक सय २० डिलरको बलियो नेटवर्क, गुणस्तरीय उत्पादन, प्रतिस्पर्धी मूल्य र नेपालको स्वदेशी ब्राण्ड रहेको बताइएको छ ।
तीन सय ५० कर्मचारीको टिमका साथ सम्पूर्ण निर्माण प्रक्रिया अत्याधुनिक, अल्ट्रा-आधुनिक डिजिटल प्रिन्टिङ टेक्नोलोजी र नेपाली कच्चा पदार्थसहित स्पेनिस गलेज मसी प्रयोग गरी कम्पनीले नेपाली ग्राहकको चाहना अनुरूपको रोजाइ तथा प्राथमिकतामा टाइल उत्पादन गरेको छ ।
कम्पनीले नेपालमा पहिलोपटक बिल्डकन २०२४ मा स्पिरिट अफ नेपाल कलेक्सन लन्च गरेको थियोे, जसमा मिथिला आर्ट, थांका/पौवा आर्ट, ढाका परिधान, गोदावरी मार्बल डिजाइन र लोकल फ्ल्याग स्टोनलगायतका नेपालको कला र संस्कृतिलाई टाइल्समा प्रयोग गरिएको छ । कम्पनीले आयातित टाइल्सलाई आंशिक रूपमा प्रतिस्थापन, विदेशी मुद्रा बचत, स्थानीय रोजगारीमा वृद्धि तथा नेपाली खनिज स्रोतको उचित उपयोग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच