गाजाको विद्यालयमा इजरायली हवाई आक्रमण : १२ प्यालेस्टाइनीको मृत्यु

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । मध्यगाजा स्ट्रिपमा बिस्थापित मानिसहरू बसेको एक विद्यालयको आवासमा इजरायली हवाई आक्रमणमा हुँदा कम्तीमा १२ प्यालेस्टाइनीको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएका छन् ।

इजरायली विमानले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको राहत र कार्य एजेन्सी फर नेयर इस्टद्वारा सञ्चालित नुसेइराट शरणार्थी शिविरमा रहेको विद्यालयमा कम्तीमा एउटा मिसाइल प्रहार गरेको सुरक्षा स्रोतले बताएको छ ।

गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार इजरायली लडाकु विमानहरूले खान युनिसको मावासी क्षेत्रमा विस्थापित मानिसहरूको पालमा बमबारी गरेको एक दिनपछि यो हमला भएको थियो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?