काठमाडौं । नेपाल टेलिकमले मनसुन अफर २०८१ अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधा उपलब्ध गराएको छ । जसअन्तर्गत प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको एक सय ९९ रुपैयाँदेखिका कम्बो प्याकेज उपलब्ध हुनेछन् । जसमा एक सय ९९ रुपैयाँमा दुई सय मिनेट अल-नेट भ्वाइस र दुई जिबी डाटासहितको कम्बो एक सय ९९ प्याक सञ्चालनमा आउनेछ । सोहीअन्तर्गत कम्पनीले दुई सय ९९ रुपैयाँमा तीन सय मिनेट अल-नेट भ्वाइस, चार जिबी डाटा र २० अन-नेट एसएमएससहितको कम्बो दुई सय ९९ प्याक र चार सय ९९ रुपैयाँमा पाँच सय मिनेट अल-नेट भ्वाइस, आठ जिबी डाटा र एक सय अल-नेट एसएमएससहितको कम्बो चार सय ९९ प्याक रहेको छ । प्रिपेड र पोस्टपेड जुनसुकै मोबाइल प्रयोगकर्ताका लागि सजिलो अनलिमिटेड प्याकअन्तर्गत छ सय ९९ रुपैयाँमा अनलिमिटेड अल-नेट भ्वाइस, १५ जिबी डाटा र दुई सय अल-नेट एसएमएससहितको सजिलो अनलिमिटेड छ सय ९९ प्याक रहेको छ ।
कम्पनीका अनुसार सजिलो अनलिमिटेड सात सय ९९, नौ सय ९९ र १४ सय ९९ प्याकमा ग्राहकका लागि सुविधा थप गरी उक्त प्याक अझै आकर्षक बनाएको छ । जसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि रहनेछ । डाटा प्याकअन्तर्गत एक दिनदेखि २८ दिनसम्म समयावधि रहेका २९ देखि नौ सय ९९ रुपैयाँसम्मका एक जिबीदेखि सय जिबीसम्म रिसोर्ससहितका विभिन्न आकर्षक डाटा प्याक उपलब्ध रहेका छन् ।
पोस्टपेडमा भने तीन सय ७३ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याकेज खरिद गर्दा मासिक रूपमा तिर्नुपर्ने रेन्टल चार्ज पनि प्याकेजमै समावेश हुनेछ । कम्पनीले अन-नेट अर्थात् कम्पनीकै नेटवर्कमा कल गर्न सकिने नयाँ प्याकेज, जुनसुकै नेटवर्कमा कल गर्न सकिने गरी अल-नेट प्याकेजका साथै ४९ रुपैयाँमा एक दिनका लागि एक एमबिपिएस अनलिमिटेड डाटा प्याकेज र ५९ रुपैयाँमा अनलिमिटेड अन-नेट भ्वाइस एवं पाँच एमबिपिएससम्मको अनलिमिटेड डाटासहितको अनलिमिटेड नाइट कम्बो प्याक तथा एक सय ९९ रुपैयाँमा भ्वाइस तथा डाटा सुविधासहितको अनलिमिटेड विक्ली कम्बो प्याक पनि उपलब्ध गराएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच