✍️ डा. माधव अधिकारी
खानेपानी तथा सरसफाइ सेवाले मानव जीवनमा बहुआयामिक प्रभाव पार्दछ । सो सेवालाई नेपालको संविधानले मौलिक हकको रूपमा व्यवस्था गरेको छ । साथै, अन्तराष्ट्रिय रूपमा समेत दिगो विकास लक्ष्यले खानेपानी तथा सरसफाइसम्बन्धी स्पष्ट रूपमा निर्धारण गरेको छ । हालसम्म ९१ प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवामा पहुँच पुगिसकेको सरकारको दाबी छ । सरकारी आँकडा अनुसार सरसफाइतर्फ हालका वर्षहरूमा प्रगति भई बहुसंख्यक घरपरिवारले आधारभूतस्तरको सरसफाइ सेवा उपयोग गरिरहेका छन् । यसबाट बाल मृत्युदर कम गर्न तथा सरदर आयु वृद्धि गर्न सहयोग पुगेको, नागरिकको समग्र स्वास्थ्य स्थितिमा सुधार भई उत्पादनशील समयमा वृद्धि भएको तथा सामाजिक रहनसहन र बालबालिकाको विद्यालय उपस्थिति दरमा आवश्यक सुधार गर्न योगदान पुगेको आँकडाले देखाएको पाइन्छ ।
विभिन्न प्राकृतिक तथा मानवजन्य कारणले पानीका स्रोतहरू नदीनाला, ताल तलैयामा आएको ह्रासका कारण पानीको उपलब्धतामा कमी आएको छ । अपेक्षानुरूप खानेपानी सेवालाई सुरक्षित, भरपर्दाे र दिगो बनाउन सकिएको छैन । मानव बस्तीको विस्तार र विकाससँगै गतिविधिबाट सिर्जित फोहोरको उचित व्यवस्थापनको अभावमा बस्ती, नदीनाला, जलाशय तथा वातावरण प्रदूषित हुँदै गएका छन् ।
बागमती नदी नेपालको एक मुख्य प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नदी हो । यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ । टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ । यो नदीले काठमाडौं र ललितपुरबीच सीमा छुट्याउँछ ।
नेपालको संविधानद्वारा प्रदत्त खानेपानी तथा सरसफाइको अधिकारनुरूप सबैलाई स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्नु, ह्रास हुँदै गएका सतहगत र भूमिगत खानेपानीका स्रोतको जगेर्ना गर्नु, खानेपानी, सरसफाइका संरचनालाई जलवायु परिवर्तन अनुकूल तथा विपद् व्यवस्थापनमैत्री बनाउँदै लैजानु, अव्यवस्थित शहरीकरणका कारण खानेपानी, सरसफाइको सेवामा परेको चापलाई व्यवस्थित गर्नु, परिवर्तीत संस्थागत संरचनाको सन्दर्भमा व्यवस्थित विकासका लागि तीन तहको सरकारमा क्षमता अभिवृद्धि गर्नु, शहर,बस्तीमा उपयुक्त आर्थिक, प्राविधिक उपायद्वारा मानव सिर्जित मलमूत्रलगायत औद्योगिक र कृषिजन्य फोहोर पानीको संकलन, प्रशोधन गरी उचित व्यवस्थापन गर्नु यस क्षेत्रका प्रमुख चुनौती हो भन्नुमा अयुक्ति नहोला ।
परिवर्तीत सन्दर्भमा समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको सकारात्मक अभिवृद्धि, खानेपानी र सरसफाइको सेवा प्रवाहमा निजी क्षेत्रको बढ्दो आकर्षण, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, विदेशमा समेत खानेपानी निर्यात गर्न सकिने सम्भावना यस क्षेत्रका अवसरका रूपमा रहेका छन् ।
पन्ध्रौं योजनाको अन्त्यसम्म ८९ प्रतिशतबाट ९९ प्रतिशत नागरिकमा आधारभूतस्तरको हुने, करिब ४० प्रतिशत नागरिकलाई सुधारिएको खानेपानी सेवा उपलब्ध भएको हुने, खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रहरूमा पूर्ण सरसफाइका क्रियाकलापले निरन्तरता पाउने र घरायसी, औद्योगिक र अन्य मानव गतिविधिबाट सिर्जित कम्तीमा २० प्रतिशत फोहोर पानी प्रशोधन गरी निष्काशन तथा विसर्जन भएको हुने भनिए पनि यसको लक्ष्य कति पूरा भयो, मूल्यांकन प्रतिवेदनले देखाउने नै छ । यसै सिलसिलामा यस लेखमा बागमती नदीबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
बागमती नदी नेपालको एक मुख्य प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नदी हो । यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौंको किनारमा बग्दछ । टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ । यो नदीले काठमाडौं र ललितपुरबीच सीमा छुट्याउँछ । चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ । भारतको बिहार राज्यमा गएर यो नदी कोशी नदीमा मिसिन्छ । यो नदीको धार्मिक विशेषता रहेको छ । यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ । यस नदीको किनारमा पशुपतिनाथलगायत कैयौं मन्दिरहरू रहेका छन् । यो नदीमा विभिन्न धार्मिक संस्कार गरिन्छ ।
कुनै बेला पानी पिउन योग्य स्वच्छ बागमती नदी यतिबेला प्रदूषणबाट ग्रसित छ । नदीमात्र होइन, हिन्दु सभ्यताको इतिहास जोडिएको राजधानीको बीच भागबाट बग्ने बागमती सभ्यता बोकेको यो नदीमा अर्बौंको योजना र कार्यक्रम सञ्चालन भएको पाइन्छ तर समस्या घट्नुको सट्टा ज्यूँका त्यूँ छ । विश्वकै हिन्दुको आस्था एवं विश्वासको केन्द्रबिन्दु बागमती नदी/सभ्यताको उद्गमस्थल शिवपुरी जलाधार क्षेत्रको बाग्द्वार सफा भए पनि राजधानीको बढ्दो जनसंख्या, अस्वस्थकर एवं अनियन्त्रित शहरीकरण र अव्यवस्थित ढल एवं फोहोरमैलाले नदी/सभ्यता झन्डै तीन दशकयता प्रदूषित छ ।
बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सिधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती भई बागमती नदी नै पिउने पानीको प्रमुख स्रोत थियो अहिले प्रदूषित बनेको छ ।
हालका वर्षमा नदीको बहाव घट्दै गएको छ । जलमार्ग साँघुरिँदै र गहिरिँदै गएको छ । अतिक्रमण बढेको छ । नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै जानु र सांस्कृतिक तथा कलात्मक सौन्दर्यको मान्यतासमेत हराउँदै जानु पनि बागमती नदीको समस्या हो । एक आँकडा अनुसार नेपालभित्र दुई सय र काठमाडौं उपत्यकाभित्र ४४ किलोमिटर भन्दा बढी लम्बाइको नदी किनारको भूमिको दुरुपयोग भएको छ । जलजन्य जैविक विविधता सखाप भएका छन् । २०६६ सालमा मन्त्रिपरिषद्को निर्णयमा स्वीकृत पाँच वर्षे ‘बागमती कार्ययोजना’ कार्यान्वयनमा आयो, बागमती बचाउ अभियान पनि चल्यो । तर, समस्या ज्यूँका त्यूँ छ ।
बागमती सभ्यता बचाउन र यसको समग्र विकासका लागि सरकारले २०५१ सालमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समिति गठन ग¥यो । लगत्तै अर्को वर्ष केही परिमार्जन गरी अधिकारसम्पन्न पशुपति क्षेत्र ढल निर्माण सुधार कार्यान्वयन तथा अनुगमन समिति बनायो । यसले लक्ष्यअनुसार काम गर्न नसकेको भन्दै २०६४ सालमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनायो । यसले पनि सो समस्या समाधान गर्न नसकेको सरोकारवालाको दावी छ ।
बागमती नदीमा विष्णुमती, टुकुचा, धोबीखोला, मनहरा, हनुमन्ते, कोड्कु, बल्खु र नख्खु खोला मिसिएका छन् । ढल सिधै नदीमा मिसाइएका कारण कुनै बेलाको स्वच्छ बागमती भई बागमती नदी नै पिउने पानीको प्रमुख स्रोत थियो अहिले प्रदूषित बनेको छ । बागमती सफाइ महाअभियान प्रत्येक शनिबार सञ्चालनमा छ जसका कारण विगतको तुलनामा केही प्रदूषणमुक्त भएको छ तर बागमती नदी सफाइ कार्य हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तै भएको छ । मानिसमा लापरबाहीताको कारण ढलहरू सिधै बागमतीमा निकास, घरटोलमा नै फोहोरको व्यवस्थापन हुन नसक्दा बागमती सफाइका क्रममा आशातीत सफलता हासिल हुन नसकेको अवस्था छ ।
बागमती सफाई महाअभियान २०७० जेठ ५ गतेदेखि सुरु भएको थियो जुन निरन्तर रूपमा हप्ताको एकपटक शनिबार चलिरहेको छ । २०८१ जेठ ५ गते १२ वर्षमा प्रवेश गर्दैछ । सफाइ अभियानले मात्रै आशातित स्वच्छता बागमती नदीले प्राप्त गर्न नसक्ने हुँदा नदीसँग जोडिएका पालिका (स्थानीय सरकार) हरूले बागमती स्वच्छता गर्ने प्रभावकारी व्यवस्था मिलाउन अति आवश्यक छ । यसका लागि काठमाडौं, भक्तपुर, ललितपुरवासीलगायत सरोकारवालामा विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल, पत्रपत्रिकामार्फत जनचेतना अभिवृद्धि गर्नु, कुहिने, नकुहिने फोहोरलाई छुट्टयाउने बानीको विकास गर्न, उपत्यकाको ढल निकास बागमतीमा नगरी सोका लागि आवश्यक प्रभावकारी योजना बनाई व्यवस्थित गर्नु अति आवश्यक छ । तवमात्र बागमती लगायत देशभरिका नदीनाला स्वच्छ भई धार्मिक, ऐतिहासिक र प्राकृतिक अस्तित्व बचाउन सफल भई स्वच्छ पानीको समेत आपूर्ति हुनेछ । अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि एवं वातावरणविद् । adhikariphd@yahoo.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच