जुम्ला जिल्ला पूर्ण खोप सुनिश्चिता घोषणा

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयको आयोजनामा एक कार्यक्रमका बीच खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

यो आर्थिक बर्षमा यहाँका आठवटै स्थानीय तहका बालबालिकालाई पूर्ण रुपमा खोप लगाउन सफल भएका छौ । १६ देखि ५९ महिनाभित्रका बालबालिकालाई दिइने विभिन्न खोप पाएपछि पुर्णखोप सुनिश्चित जिल्ला घोषण गरिएको हो । जिल्लाभरका दुई हजार ९२७ बालवालिकाले पुर्णखोपको पहुँचमा रहेकाछन् । बालबालिकाले बीसीजी, डिपिटी, दादुरा रुवेलालगायतका विभिन्न नियमित खोप लगाईएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले निरोगी हुनका लागि खोप अपरिहार्य रहेको बताउनुभयो । स्वास्थ्य सुधार गर्नका लागि सरकारले प्रथामिकता दिदै आएकाले आगामी दिनमा पनि नियमित खोप सुनिश्चतता गर्न आवश्यक रहेको प्रजिअ घिमिरेको भनाइ छ । चन्दननाथ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पृथ्बी नाथ योगीले स्वस्थ रहनको लागि बालवालिकाहरुको खोपमा ध्यान दिनुपर्ने बताउदै खोप सुनिश्चिताका लागि सबैको मेहनत सराहनीय रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले बालबालिकाका लागि पूर्णखोपको अभियान महत्वपुर्ण रहेको बताउदै उहाँले सबै बालबालिकालाई अहिले पूर्ण खोप लगाएर पूर्ण खोपको सुनिश्चितता गरिएकोमा सबै पालिकाका स्वास्थ्यकर्मीहरु प्रति आभार ब्यक्त गर्नुभयो ।

उहाँले बालबालिकालाई रोग लाग्नु भन्दा पहिलो रोग लाग्न नदिनका लागी सरकारले थालेको खोप अभियान कार्यक्रममा प्रथामिकतामा राखेर कार्यन्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । आगामी वर्षमा पनि जिल्लाका सबै बालबालिकालाई नेपाल सरकारले उपलब्ध गराउने सबै प्रकारका खोपको मात्रा पूरा गर्न कसैलाई पनि नछुटाउने र खोपसम्बन्धी कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा हस्ताक्षरसमेत गरिएको छ ।

यसैगरी जनस्वास्थ्य कार्यालयले पुर्णखोप पूर्ण खोपको सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमा जिल्लाका आठबटै स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मानसमेत गरेको जनस्वास्थ्य सेवा कार्यालयल जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?