सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । सत्ता गठबन्धन फेरिएसँगै सुदूरपश्चिममा बजेट शून्यताको अवस्था आएको छ । असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ ।

सोमबार राति १२ बजेसम्म बजेट पास नभएपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो । तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन ।

असार १ गते आएको बजेटमा असारको २० गतेसम्म छलफलसमेत भएन । सत्ता गठबन्धन फेरिएसँगै असार २० गते नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका छन् ।

अहिले समाजवादी र माओवादीलाई असारको १ गते आएको बजेटमाथि तत्काल छलफल सुरु नगरेकोमा पछुतो भइरहेको छ । कांग्रेस झुक्याउन बजेटमाथिको छलफल नचलाएको सोडारी नेतृत्वको सरकार अहिले भने बजेट पास नहुने भएपछि तनावमा छ ।

प्रदेशका अर्थ सचिव झलकराम अधिकारीले समयमै बजेट पास नहुँदा प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प भएको बताउनुभयो । ‘प्रदेशको बजेट पारित नहुनु भनेको प्रदेशको बजेट पूर्ण रुपमा ठप्प हुनुका साथै प्रदेश डेडलक हुनु हो’ उहाँले भन्नुभयो, ‘यो बजेट भ्याक्युम हुने कुरा आफैँमा राम्रो कुरा होइन ।’

ADVERTISEMENT

साउन १ गतेबाट प्रदेशका सबै आर्थिक क्रियाकलाप सबै ठप्प भएका छन् । ‘बजेटलाई राजनितिक विषय नबनाएर आवश्यकता र औचित्यताको विषय बनाउनु पर्ने बताउदै उहाँले बजेट पारित गरेर प्रदेशको बिकासका लागि आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने बताउनुभयो । बजेट पारित गर्न नसकेमा संसद् अबिधेशन अन्य गरेर या अध्यायदेशमार्फत् बजेट पारित गर्न सकिने उहाँको भनाई छ । अध्यायदेशमार्फत् भए पनि बजेट पारित गर्नुपर्ने उहाँको भनाई छ ।

एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीसँग स्पष्ट बहुमत नहुँदा पनि राजीनामा नदिनु गलत भएको बताउनुभयो । बजेट पास नहुँनुको जिम्मेवारी र जवाफता मुख्यमन्त्री सोडारीले लिनुपर्छ उहाँले बताउनुभयो ।

साउन १ गतेदेखि प्रदेश सरकारले न खर्च गर्न पाउछ, न कर संकलन गर्न नै ।

‘बजेट भ्याकुमको अवस्था आयो, मुख्यमन्त्री दीर्घबहादुर सोडारीले तुरुन्त राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो सहज पार्नुपर्छ’ नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भन्नुभयो । उहाँले बजेट विहीनताको अवस्था आउनुभन्दा प्रदेशको आर्थिक गतिविधि अघि बढाउन वर्तमान मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभयो ।

५३ सदस्यीय प्रदेशसभामा सरकारले विश्वासको मत प्राप्त गर्न २७ मतको आवश्यक पर्छ । यता अर्को सरकार गठनका लागि कांग्रेस र एमालेको मत पर्याप्त छ। सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ प्रदेशसभा सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?