पेरिस । फ्रान्सका सर्वकालिक गोलकर्ता ओलिभर जिरुडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिनुभएको छ । १३७ खेलमा ५७ गोल गर्नुभएका उहाँले सोमबार सन्न्यास लिनुभएको हो ।
जिरुडले इन्स्टाग्राममा लेख्नुभएको छ, ‘फ्रान्सेली राष्ट्रिय टोलीबाट बिदाइ लिने क्षण निकै डरलाग्दो छ । मैले १३ वर्षसम्म फ्रान्सको टिमको सेवा गरेको छु, त्यो मेरो हृदयमा सधैँ कुँदिरहनेछ । यो मेरो सबैभन्दा ठूलो गर्व र मेरो सबैभन्दा प्रिय स्मृति हो ।’
आफ्नो अन्तर्राष्ट्रिय करियरको दौडान ३७ वर्षीय जिरुडले रुस विश्वकप २०१८ जित्नुभयोे र युरोकप उपविजेता पनि बन्नुभयो । उहाँले कतारमा सन् २०२२ को विश्वकप फाइनलमा थियरी हेनरीको ५१ गोलको राष्ट्रिय कीर्तिमान तोड्नुभएको थियो । जिरुडले सन् २०११ मा डेब्यु गर्नुभएको थियो र जर्मनीविरुद्ध २-१ को मैत्रीपूर्ण जितमा पहिलो गोल गर्नुभएको थियो ।
उहाँले गत मे महिनामा युरोकप आफ्नो अन्तिम ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने बताउनुभएको थियो । आर्सनल, चेल्सी र एसी मिलानका पूर्वस्ट्राइकर अर्को सिजन मेजर लिग सकर क्लब लस एन्जलस एफसीमा सामेल हुनुहुनेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच