क्यानबेरा । अष्ट्रेलियाको बेरोजगारी दर जुन महिनामा बढेर ४.१ प्रतिशत पुगेको छ । यसअघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत मे-जुन महिनाको बीचमा कार्यरत अष्ट्रेलियालीको संख्या ५० हजार २०० ले बढेको थियो । सोही अवधिमा बेरोजगार अष्ट्रेलियालीको संख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्वि भएको हो ।
सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । जसको संख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जुनमा ६६.९ प्रतिशत पुगेको छ । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्चभन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गर्नुभयो ।
समग्रमा अष्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनुभयो । यसैगरी, बेरोजगारहरू सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढे तापनि कोभिड-१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नुभयो ।
बेरोजगारी दर गतवर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च को तुलनामा १.१ प्रतिशतले कम रहेको उहाँले जनाउनुभएको छ । एबिएसको तथ्यांक अनुसार अष्ट्रेलियालीले काम गर्ने घण्टाको संख्या मे-जुन महिनाको बीचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालीले जून महिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताउनुभएको छ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच