काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ५’ को छायांकन सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा चलचित्रको अन्तिम दृश्य कैद गर्दै छायांकन सकिएको हो । चलचित्रको काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन गरिएको थियो । सोसल-कमेडी जनरामा बनिरहेको यो चलचित्र छायांकनलगत्तै पोष्ट-प्रोडक्सनमा जाने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा दीपक गिरी, केदार घिमिरे ‘माग्ने बूढा’, वर्षा सिवाकोटीलगायतको प्रमुख भूमिका छ । छक्का पञ्जामा प्रमुख भूमिका पाउँदा यस चलचित्रबाट वर्षा निकै आशावादी हुनुहुन्छ ।
छायांकन सकिएपछि वर्षाले यो चलचित्र आफ्ना लागि विशेष रहेको समाजिक सञ्जालमा लेख्नुभएको छ । ‘मेरो प्रमुख भूमिका रहेको चलचित्र छक्कापञ्जा-५ को पहिलो चरणको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ । ५१ दिनसम्मको यो यात्रा मेरा लागि विशेष रहृयो । माया, सम्मान र प्रोत्साहनका साथ प्रत्येक दिन तनाबरहित वातावरणमा काम गर्ने मौका सायदै मैले मेरो १० वर्षको कर्म अवधिमा पाएको थिए’, उहाँले लेख्नुभएको छ । साथै उहाँले यस मौकाका लागि छक्कापञ्जा टिमलाई धन्यावादसमेत दिनुभएको छ ।
आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्र दशैंको फूलपातीका दिन असोज २४ गते सिनेमाघरमा ल्याउने तयारी निर्माण पक्षको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच