काठमाडौं । ग्लोबल आइएमई बैंकको पाँच अर्ब बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सनराइज क्यापिटल नियुक्त भएको छ । बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो ।
बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् दुर्ई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारण र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक आठ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले छ/छ महिना अवधिमा हुनेछ । उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच