एसिसी एसिया कपः यूएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत जारी खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाको डम्बुलामा जारी ‘नवौं महिला एशिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा  यूएईले नेपाललाई ११६ रनको लक्ष्य दिएको हाे ।

नेपालको तर्फबाट कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिएकी थिइन् ।

पूर्व कप्तान रुविना क्षेत्री, कविता जोशी र कृतिका मरासिनीले १/१ विकेट लिए ।

यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् ।
केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *