काठमाडौं । आमा नेशनल अवार्ड-२०८१ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा एक विशेष कार्यक्रमबीच पूर्वसभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा उक्त अवार्ड कार्यक्रम सम्पन्न भएको हो । आमा तिलकुमारी मिडियाद्वारा आयोजित समारोह मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो ।
यस वर्षको आमा नेशनल अवार्ड-२०८१ बाट बालकलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हाँस्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिया शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवाद्मा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित हुनुभएको छ ।
यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भीष्मराज फुलारा, नवनिर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नवनायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालकमा दीपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायांकनमा नवीन केसी, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा.राजन विनायक पासा, गीतकारमा राम लामा (अभिलासी) इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, लघु चलचित्र अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियालाई अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित हुनुभएको थियो । यसैगरी चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओमप्रकाश राई, देउडा गायक दीपेन्द्रप्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छायांकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नवनायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुसाल, पत्रकार अमृत पौडेल र गोपीकृष्ण चापागाईं सम्मानित हुनुभएको थियो ।
कार्यक्रको जुरी समूहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा.गोलमान गुरुङ, अन्नपूर्ण पोष्टका सम्पादक अखण्ड भण्डारी र कार्यक्रम संयोजक दिवाकर भण्डारी रहनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच