६ लाख घुससहित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा कार्यरत लेखा अधिकृत अमृता कोइराला ६ लाख घुससहित पक्राउ परेकी छन् ।

औषधि आपूर्तिको बिल भुक्तानी दिएवापत् सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा लेखा अधिकृत कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार नियन्त्रणमा लिएको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसारउनलाई डेढ लाख नगद र चार लाख ५० हजारको चेकसहित भरतपुर महानगरपालिका४, कटहर चोकबाट नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *