म्यानचेस्टर । म्यानचेस्टर सिटीका प्लेमेकर केभिन डी ब्रुएनाले साउदी प्रो लिग क्लब अल इत्तिहादसँग व्यक्तिगत सम्झौता गर्नुभएको छ । इंग्लिस प्रिमियर लिग च्याम्पियनसँग करिब एक दशक बिताउनुभएका डी ब्रुएनाको सम्झौता सन् २०२५ को जुनमा सकिँदैछ । पत्रकार रुडी ग्यालेट्टीका अनुसार अल इत्तिहादले बेल्जियमका मिडफिल्डरसँग सहमति गरिसकेको छ ।
स्थानान्तरणका लागि दुई क्लबबीच वार्ता जारी रहेको उहाँले बताउनुभएको छ । यदि सम्झौता पूरा भएमा डी ब्रुएनाले करिम बेन्जेमा, फाबिन्हो र एन’गोलो कान्टेसँग साउदी प्रो लिग खेल्नु हुनेछ । गत महिना एक अन्तर्वार्तामा डी ब्रुएनाले भन्नुभएको थियो, ‘मेरो उमेरमा सबै कुराका लागि खुला हुनुपर्छ ।’ सन् २०१५ मा पाँच करोड ५० लाख पाउण्डमा वुल्सबर्गबाट उहाँ सिटीमा अनुबन्धित हुनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच