काठमाडौं । एघारौँ वल्र्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस (आइबिपी) च्याम्पियनसिपमा नेपालकी दीपा विष्टले स्वर्ण पदक जित्नुभएको छ । काजखस्तानमा सम्पन्न प्रतियोगितामा उहाँले इन्क्लाइन बेन्च प्रेस (आइबिपी) मा ८० केजी प्लस समूहमा स्वर्ण पदक प्राप्त गर्नुभएको हो ।
९५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएकी विष्टले आइबिपी च्याम्पियनसिपमा तेस्रोपटक नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । उहाँले स्वर्ण पदकसँगै प्रमाणपत्र र ट्रफी प्राप्त गर्नुभएको छ ।
विष्टले गत वर्ष भारतको हैदराबादमा सम्पन्न दशौँ संस्करणको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर कीर्तिमान बनाउनुभएको थियो । त्यसअघि उहाँले किर्गिस्तानमा आयोजित नवौँ संस्करणमा पहिलोपटक ७२ केजी तौल उचालेर नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो ।
उहाँले प्रत्येक वर्ष आफ्नै कीर्तिमान तोड्दै यो खेलमा लगातार नेपालका लागि स्वर्ण पदक दिलाउँदै आउनुभएको छ । कजाखस्तानमा भएको च्याम्पियनसिपमा भारतसहित २० देशका खेलाडीको सहभागिता रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच